र्‍यापर बालेनको त्यो स्टाटस, जसले राष्ट्रिय मिडियामा स्थान पायाे

र्‍यापर बालेनको त्यो स्टाटस, जसले राष्ट्रिय मिडियामा स्थान पायाे


  • 14.5K
    SHARES
    • पौष २०, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 22.3K Views

    र्‍यापर बालेनको त्यो स्टाटस, जसले राष्ट्रिय मिडियामा स्थान पायाे

    काठमाडौं, २० पुस । र्‍यापर वालेन शाह एउटा स्टाटसका कारण अहिलेसम्म चर्चामा छन्। सामाजिक सञ्जाल फेसबुकमा  २०७८ मंसिर २९ गते बुधबार लेखेकाे स्टाटसका कारण उनी चर्चामा मात्र रहेनन् नेपालका नम्बर एकमा पर्ने मेन स्ट्रिमका अनलाइन पत्रिका, टेलिभिजनले पनि महत्वका साथ उनकाे स्टाटसकाे समाचार बनाएर प्रकाशन प्रसारण गरे। 

    images

    सधै गीतकाे धुनमा मात्र आफ्ना दर्शक श्राेतालाई  तरंगीत बनाउँने र्‍यापर बालेनले सामाजिक संञ्जालमा लेखेकाे स्टाटसले पनि तरंगीत बनाउँछन् भन्ने कमैलाई लागेकाे थियाे। उनले फेसबुक स्टाटरमा युवाकाे पालाे आएकाे बताएका छन्। उनले स्टाटसमा लेखेका छन्, ' अब युवाको पालो, हामीले पढेको लेखेको कहिले काम लाग्छ ? हाम्रो काठमाडौं हामी आफै बनाउछौं । '

    उनले ह्यास्ट्याग गर्दै 'बालेन फर मेयर' भन्दै आफु आगामी निर्वाचनमा काठमाडौंको मेयरमा उठ्ने घोषणा गरेपछि उक्त स्टाटस नै नेपालका मेन स्ट्रिम भनिने पत्रिका, अनलाइन टिभी तथा पत्रपत्रिकाले महत्वकासाथ स्थान दिए । त्यतिमात्रै होइन उनलाई उनका समकक्षी  तथा कलाकारहरुले पनि समर्थन गर्दै सो स्टास्टस् शेयर गरे। 

    खासमा उनको स्टाटसमा काठमाडौंको मेयरमा उठ्ने योजना भन्दापनि संघीय राजधानी रहेको काठमाडौंको अस्तव्यस्त व्यवस्थापनका विरुद्धमा थियो। घण्टौं जाममा झेलिने उपत्यकावासी, महिनौं घर तथा सडकका पेटीमा थुप्रीने फोहरका डङ्गुर, सत्ता र शक्तिका आडमा चलिरहेको राजनीतिक परिपाटीका विरुद्धमा थियो। गीत मार्फत राजनीतिक व्याङ्गे गर्ने उनि आफै काठमाडौंको विकासका लागि आउछु भन्दै गर्दा उनको त्यो अभिव्यक्तिकाे धेरैले समर्थन गरे। 

    बालेन एक र्‍यापर मात्रै नभई एक स्ट्रकचरल इन्जिनियरसमेत हुन्। उनको मेयरमा उठ्ने घोषणालाई लिएर विविध किसिमको प्रतिक्रिया पाइन्छ भने थुप्रै चर्चित व्यक्तित्वहरुले उनको साहासको प्रशंसा गरेका छन्। कलाकार निश्चल बस्नेतले उनलाई साथ दिनुपर्ने बताएका छन्। उनले लेखेका छन्, ‘उसले मेयरमा लड्छु भनेर आटेको छ,केही गर्छु भनेर तात्तेको छ, उसले काम गर्छु काठमाडौंको लागि भन्दैछ, भोट हाल्ने हाम्रो काम चै हामी पुरा गरौं न है।'  

    271159139_3209354865973275_7002030581788451578_n.png

    त्यस्तै, दि स्याडोज ब्याण्डका लिड भोकलिस्ट स्वप्नील शर्माले सामाजिनक सञ्चालमा लेख्दै भनेका छन्, 'यदि वालेन मेयरमा उठे भने उनको झोला बोक्दै सारथी बन्ने छु।' काठमाडौंको मयेरमा चुनाव लड्छु भन्नु ठुलो विषय होइन होला । तर,पछिल्लो विकसित राजनीतिको खिलाप हो भन्ने बुझ्न आवश्यक छ।

    उनको त्यो आँटलाई कतिले विरोध पनि गरेका छन् तर, धेरै उनको पक्षमा छन्। बालेनलाई समर्थन गर्दै उनको हौसला बढाउने काममा किन यसरी नागरिकले साथ दिए त ? कतै स्थानीय सरकार तथा केन्द्रीय सरकारप्रतिको असन्तुष्टि त होइन ? विकल्प यसरी किन खोजिरहेका छन् जनताले यसले सरकारको असक्षमता देखाइरहेको त छैन अहिले यो विषय उठ्नु स्वभाविक होला। 

    270010443_460487435710486_1734548168866979793_n.png
    अहिलेको सरकारबाट जनता खुसी भएको भए एउटा युवाले उम्मेदवारी घोषणा गर्दा किन यति धेरै सामाजिक सञ्जालमा चर्चा परिचर्चा हुन्थ्यो।  यस विषयलाई लिएर ठूला तथा साना धेरै सञ्चार माध्यमले समाचार बनाएका छन्। कान्तिपुर मिडियाले वालेनको अन्तर्वार्ता नै  लियाे। उम्मेदवारी दिनुको कारणसमेत सोधेर समाचार लेखेको पनि लेखेकाे छ।  

    269296492_663664924655960_4336856988210076083_n.png
    सेतोपाटी अनलाइन पत्रिकाले बालेनको म्यानेजरसँग अन्तर्वार्ता लिएर बालेनले उम्मेदवारी दिएको नदिएको के हो भनेर पुष्टि गरेको समाचार लेखेको थियो। 

    271082100_1062605697640797_6036988763933280526_n.png


    रातोपाटी अनलाइन पत्रिकाले बालेनको सम्पुर्ण पक्षको विगत वर्तमान उनको काम व्यक्तित्व लाई समेटेर समाचार बनाएको छ। त्यसका अतिरिक्त रुटिन अफ नेपाल बन्द, थग लाइफ अफ नेपाल, ट्रोल नेपाल जस्ता चर्चीत पेजहरुले पनि बालेनको मेयर बन्ने घोषणालाई महत्वको साथमा पोष्ट गरेका छन्।  

    270010443_460487435710486_1734548168866979793_n.png

    270371642_2994548574191494_5512057033794279574_n.png

    यस्तै उनको यो घोषणाको समाचारलाई कलाकार, युवा तथा नागरिकले अब पालो युवाको भन्दै आफ्नो सामाजिक सञ्जालमा सेयर गरेका थिए । उनको त्यो पोष्टले  चिया पसलदेखि देशका महत्वपुर्ण स्थानहरुमा चर्चा पाएको छ। हुन त यो देशमा जनताकै पहलमा गणतन्त्र स्थापना भएको हो । 

    270083283_1190797704787603_3815234956142643905_n.png

    काठमाडौंका जनताले चाहेमा काठमाडौंको मेयरमा बालेनलाई जिताउँदैनन् भन्न सकिदैन तर, अहिलेकै राजनीतिक अवस्थामा हेर्नेहो भने, बालेन काठमाडौंको मेयरमा चुनाव लड्न कुन राजनीतिक दलको समर्थन लिन्छन् भन्ने विषयमा महत्वपूर्ण मानिन्छ। उनी मेयरमा उठ्ने घोषणा गरेसँगै अहिले केही भेटघाटलाई निरन्तरता दिन थालेका छन्। 

    269604409_279354114177452_8465524104455694750_n.png


     

  • सम्बन्धित विषय:

  • # र्यापर वालेन

  • पदम भुजेल
    लेखकबाट थप