• ट्रेण्डिङ्ग :
हात्तिपाइले निवारणका लागि नमूना संकलन 

हात्तिपाइले निवारणका लागि नमूना संकलन 


  • 4.5K
    SHARES
    • पौष २०, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 6.9K Views

    हात्तिपाइले निवारणका लागि नमूना संकलन 

    प्रमोद आचार्य, दाङ २० पुस/ नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडा मकवानपुर तथा स्वास्थ्य कार्यालय दाङको आयोजनामा राष्ट्रिय हात्तिपाइले रोग निवारण सम्बन्धि वडा स्तरीय अभिमुखिकरण कार्यक्रम दंगीशरण गाउँपालिका वडा न ५ मा सम्पन्न भएको छ । सन २०११ देखी नेपालमा शुरु भएको हात्तीपाइले रोग निवारण सम्बन्धि अभियानको प्रगती के-कती भयो कती जनाले औषधिसेवन गरे भन्नेवारे जानकारी लिन सर्भे सहितको अभिमुखिकरण कार्यक्रम वडा न ५ मा सम्पन्न भएको हो ।

    images

    हात्तीपाइले रोग निवारण अभियानमा औषधि सेवन कम गर्ने वडाहरु मध्यबाट दंगीशरण ५ मा सर्भे गर्न लागीएको हो । सन २०३० सम्म हात्तीपाइले लाइ नेपालबाट निवारण गर्ने लक्ष्य अनुरुप दाङ जिल्लामा हात्तीपाइलेको किट सेम्पल गर्नका लागी वडा न ५ का १५० घरधुरीका करीव ३०० जनामा नमुना संकलन गर्नथालिएको जिल्ला स्वास्थ्य कार्यालय दाङका कमल चन्दले जानकारी दिए ।

    छनोटमा भएका समुदायका ब्यक्तिहरुमा हात्त्तीपाइलेको परीजिवी भएनभएको भन्नेवारे पत्ता लगाउन नमुना संकलन  सहितको सर्भे गर्न लागीएको हो । २० बर्षमाथिका उमेर समुहमा नमुना संकलन गर्ने महामारी तथा रोग नियन्त्रण महासाखाका डा ।गोकर्ण दहालले जानकारी दिए  । भोलिदेखी पहिलो चरणमा स्थानिय समुदयका करीव ३०० जनामा रगतलिइ नमुना संकलन गर्ने र त्यसबाट पोजेटिभ देखिएका बिरामीको रातको समय १० देखी २ बजेसम्मको समयमा माइक्रोसकोपको माध्यमबाट परजिवी भए नभएको एकिन गरीने डा। दाहालले जानकारी दिए ।

    अभिमुखिकरणमा स्थानिय,टोल समितीका अगुवा,स्वास्थ्यकर्मी,बिद्यालयका प्र।अ।स्वयंसेवीका, सुरक्षाकर्मी,जनप्रतीनिधि, पत्रकार लगायतको सहभागीता रहेको थियो । अभिमुखिकरण कार्यक्रम वडा न ५ का वडा अध्यक्ष निरज बस्नेतको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सहजीकरण स्वास्थ्यसाखा दंगीशरणका प्रमुख प्रदिप योगीले गरेका थिए ।

     


    तेस्रो आँखा