काेराेना विरुद्धको थप खोपको मात्रा दिने भनिएको खोप कार्यक्रम स्थगित

 काेराेना विरुद्धको थप खोपको मात्रा दिने भनिएको खोप कार्यक्रम स्थगित


  • 7.6K
    SHARES
    • पौष २०, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 11.8K Views

     काेराेना विरुद्धको थप खोपको मात्रा दिने भनिएको खोप कार्यक्रम स्थगित

    काठमाडौं, २० पुस । कोभिड—१९ विरुद्धको थप खोपको मात्रा दिने भनिएको खोप कार्यक्रम स्थगित भएको छ । 

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुस १९ गतेबाट दिने भनिएको खोपको थप मात्रा हाललाई स्थगित गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पुस १९ देखि पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका नागरिकलाई थप एक मात्रा खोप लगाउने निर्णय मन्त्रालयले गरेको थियो ।

    सबै नागरिकलाई काभिड १९ विरुद्धको पुरा मात्रा खोप चाडै उपलब्ध गराउन महत्वपूर्ण भएको जनाउदै आगामी माघ महिना देखि खोपबारे जानकारी गराउने मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार राष्ट्रिय खोप अभियान द्रुत गतिमा सञ्चालन गर्न आवश्यक भएको छ । 

    271291932_444214950689785_2817012318625080196_n.jpg


    तेस्रो आँखा