भर्खरै सम्पन्न नेपाली कांग्रेसको महाधिवेशन सफलतापुर्वक सम्पन्न भएको छ। नेपालको प्रत्यक कुनाबाट महाधिवेशन प्रतिनिधिहरुले आफ्नो अभिमत प्रकट गर्दै गर्दा अनी हरेक तह र तप्काको व्यक्तिहरुको प्रतिनिधित्त्व हुँदै गर्दा, नेपाली कांग्रेसको यस महाधिवेशनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा वृहत चासोको रुपमा पनि हेरिएको थियो। अवश्य पनि नेपालको सबैभन्दा पुरानो र प्रजातान्त्रिक पार्टीको कुम्भमेलामा सबैको चासो हुनु स्वभाविक हो। त्यसको अलावा झन्डै ५० प्रतिशत युवा प्रतिनिधिहरु निर्वाचित भएकोले पक्कै पनि यस अधिवेशन कर्मकाण्डी अधिवेशनको रुपमा रहने छैन भन्ने विश्वास र चाहना आमकार्यकर्तामा पनि थियो।
सोही भावना अनुरुप नेपाली कांग्रेसमा शक्तिशाली मानिने महामन्त्रीको पदमा युवाहरुको मियोको रुपमा रहेका गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित हुनु र सभापतिमा शेर बहादुर देउवा जस्तो पाको व्यक्ती निर्वाचित हुनु केबल संयोग मात्रै होईन। महाधिवेशन प्रतिनिधिहरुले आफ्नो स्पष्ट अभिमत जाहेर गरेर युवाहरुले तत्काल महत्वपूर्ण जिम्मेवारी लिएर पुस्तान्तरणको जबर्जस्त आकाङ्क्षालाई अनुमोदन गरेका छन। जसले गर्दा आगामी महाधिवेशनमा युवाहरुलाई नेतृत्व तहमै पुग्न बाटो खुला गर्दिएको छ र पुस्तान्तरणको उत्कट अभिलाषालाई कसैले पनि चाहेर वा नचाहेर पनि रोक्न नसक्ने अवस्थाको निर्माण भएको छ।
यस अधिवेशनको अर्को महत्वपूर्ण पाटो भनेको गुटगत आशक्तीलाई तिलान्जली दिएर हाम्रो होईन राम्रो व्यक्तीलाई छान्नुपर्छ भन्ने मानक पनि स्थापित गरिदिएको छ। निर्वाचनको मुखैमा विभिन्न विचार समुहहरु निर्माण हुनु, पुराना समुहहरु भत्किनु, नयाँ समुहहरु निर्माण हुनु आफैमा पुरातन संरचनाहरु भत्किदैछन भन्ने सङ्केत थियो। अझ गुटगत समुहभन्दा माथि उठेर, योग्य तथा सक्षमा व्यक्तीहरु चुनिनु, योग्य व्यक्ती चुन्न पाउनु पर्ने उत्कृष्ट प्रजातान्त्रीक अभ्यासलाई न्याय गर्नु पनि हो।
त्यसैगरी अर्को महत्वपूर्ण सन्देश भनेको विद्रोह वा आन्दोलनबाट जन्मेको नेताको जग बलियो हुन्छ । त्यस्तो नेता कार्यकर्ताबीच बढी लोकप्रिय पनि हुन्छ तर कुनै अमुख नेताको आशीर्वादले बनेको नेताको अस्तित्व दिगो हुँदैन भन्ने कुरा यस अधिवेशनले प्रष्ट पारेको छ। अन्त्यमा, आशा र भरोसाले हेरिएको यस् अधिवेशनले रुपान्तरणको आवाजलाई बुलन्द पारेको छ। जसले गर्दा नेपाली काङ्रेसलाई राष्ट्रको एक अग्रणी पार्टीको रुपमा स्थापित गर्नेछ भन्ने विश्वास राख्न सकिन्छ। पोखरी जस्तो स्थिर होईन नदी जस्तै कलकल बग्ने पार्टी निर्माण गर्नु छ। बिपीको प्रजातान्त्रीक समाजवादी दृष्टिकोणलाई नीती तथा कार्यक्रम मार्फत लागु गर्नुछ किनभने विवेक जिउदो छ : आशा मरेको छैन। जय नेपाल।
ई प्रोज्वोल आचार्य
विपी स्टडी युथ सर्कल (दाङ जिल्ला अध्यक्ष)
सिडेन तुल्सिपुर केन्द्र (उपाध्यक्ष)
ई प्रोज्वोल आचार्य
