काठमाडौं मेडिकल कलेजले बढी शुल्क लिएको बिरोधमा विद्यार्थीहरू सडकमा

काठमाडौं मेडिकल कलेजले बढी शुल्क लिएको बिरोधमा विद्यार्थीहरू सडकमा


  • 7.6K
    SHARES
    • पौष २१, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 11.6K Views

    काठमाडौं मेडिकल कलेजले बढी शुल्क लिएको बिरोधमा विद्यार्थीहरू सडकमा

    काठमाडौं,२१ पुस ।  काठमाडौं मेडिकल कलेज (केएमसी) ले तोकिएको भन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन्। मेडिकल कलेजले तोकेभन्दा बढी शुल्क लिएको बिरोधमा उत्रीएका  बिध्यार्थीहरूले शुल्क वृद्धि तत्काल फिर्ता लिन माग गरेका छन्।

    images

    हाम्रो भविष्य सुनिश्चित गर, लुटतन्त्र बन्द गर, मेडिकल माफिया मुर्दावाद लगायत नारा लेखिएका ब्यानर र प्लेकार्ड बोकेर विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन्। बुधबार माइतिघर मण्डलाबाट निकालिएको र्‍याली बानेश्वर चोक पुगेर कोणसभामा परिणत भएको थियो। 

    विद्यार्थीहरूले कलेजले भविश्यमा आयोगले तोकेको बाहेक अन्य शुल्क लिन पाइनेछैन भनेर लिखित प्रतिवद्धता दिनुपर्ने, करारनामाको नाममा विद्यार्थीलाई अनावश्यक दवाब दिन नपाइने लगायतका माग राखेका छन्।

  • सम्बन्धित विषय:

  • # काठमाणडाै मेडिकल कलेज

  • तेस्रो आँखा
    लेखकबाट थप