सरकारसँग रुवीको चार बुँदे सहमति, ४२ दिन माइतीघरमा धर्ना  

सरकारसँग रुवीको चार बुँदे सहमति, ४२ दिन माइतीघरमा धर्ना  


  • 7.0K
    SHARES
    • पौष २१, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 10.8K Views

    सरकारसँग रुवीको चार बुँदे सहमति, ४२ दिन माइतीघरमा धर्ना  
    • पदम भुजेल/तेस्रो आँखा 

    काठमाडौं, २१ पुस । महिलामाथि भएका हिंसाका विरुद्धका आन्दोलन गर्दै आएकी रुवी खानलाई  सरकारी प्रतिवद्धता जाहेर गराउन ४२ दिन लाग्यो । बाँकेका दुई महिलामाथि भएको हिंसाको छानबिन र न्यायको माग गर्दै मंसिर ९ गते देखि माइतिघर मण्डलामा  अनिश्चितकालिन धर्ना र अनशनमा बसेकी रुवीलाई हिजो डा.गोविन्द केसीले जुस खुवाए अनसन तोड्न लगाए ।

    images

    संयोजक कुनै समय डा.केसीले जुस खाएर अनसन तोड्ने गर्थे । स्वास्थ्य संस्थामा भएको व्यतिथिका विरुद्धमा अनसन बस्ने डा.केसी उनैले अनसन तोडाउनु एउटा संयोजकमात्रै थियो । न्यायको माग गर्दै रुवीले  आमरण अनसन सुरुगरेको भाली पल्ट सरकारले ४ बटा बुदामा सहमति गर्यो  । काठमाडौंको चिसोमा माइतीघर मण्डलामा दिनरात नभनि धर्नामा बसेका रुवीसहितका महिलाहरुले यहाँको चिसो र बर्षा दुबै सहे ।

    यस भन्दा अघि बाँकेको नेपालगञ्जबाट १६ दिन पैदल हिडेर आएका उनिहरु यस पटक भने सरकारसंग भएका सम्झौता कार्यान्वयनको माग गर्दै काठमाडौं आएका थिए  । न्यायकालागि धर्नामा बसेकी रुबि भन्छिन् ‘हामी अब न्याय पाउँछौं भन्ने कुरामा आशावादी छौं यदि न्याय पाउने बाटोमा कुनै पनि आरोह अबरोध आयो भने पुनः सडकमा उत्रिने छौं । उनले भनिन् यो धर्ना स्थगित भएको हो सकिएको होइन ।’

    यदि अहिले आएर सरकारले गर्ने कुरा पहिल्यै गरेको भए यो माइतिघरमा चिसोमा, भोको पेटमा यसरी बिताउन पर्ने थिएन । रुबी भन्छिन् ‘सरकार सबैको अभिभावक हो भन्छन् हामीले ४२ दिन अभिभावक विहिन र सरकार नभएको रुपमा बितायौं जुन सबैको लागि दुखद छ । आगामी दिनमा कसैले न्यायकोलागि यो अवस्था झेल्न नपरोस् ।

    निर्मला कुर्मीको अपहरण, शरीर बन्धकगरि हत्याको विरोधमा जारी दोस्रो चरणको आन्दोलनमा गृह मन्त्रालयका तर्फबाट सह—सचिव मुकुन्द निरौला, सह उप-सचिव प्रदिप कुमार कोइराला, सहसचिव डा. भिमकुमार भुसाल, सुरक्षा तथा प्रशासन विज्ञ सुनिल खनाल, उपसचिव दिलकुमार तामाङ, उपसचिव बसन्त भट्टराई तथा आन्दोलनरत पक्षका तर्फबाट डा.गोबिन्द केसी, मानव अधिकारकर्मी तथा अधिवक्ता मोहना अन्सारी, अधिवक्ता ओम प्रकाश अर्याल, नागरिक अभियान्ता बिमल अर्याल, बसन्त रन्जितकार, आन्दोलनकारी कौशिला बागवान, गिता चमार, मनकुमारी गुरुताल, रुबि खाँन सहित आन्दोलनकारी तथा गृह मन्त्रालय बिच चार बुदे सहमती भएको हो । 

    चार बुँदे सहमतिमा निर्मला कुर्मीको अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान सम्बन्धी जाहेरीमा औल्याइएका बिषयमा केन्द्रीय अनुसन्धान व्यूरो मार्फत अनुसन्धान गर्ने गरि प्रहरी कार्यालय नक्साल काठमाडौंमा पत्राचार गर्ने सहमति भएको छ ।

    निर्मला कुर्मी अपहरण तथा शरीर बन्धक र कर्तब्य ज्यान सम्बन्धमा जाहेरवाला, साक्षी, आन्दोलनरत ब्यक्तिहरुलाई समेत अभियुक्तहरुको तर्फबाट धाकधम्की, प्रलोभन आएको भन्ने बिषयमा विशेष अनुसन्धान गर्न गृह मन्त्रालयले निर्देशन दिने सहमति भएको छ ।

    छानबिन प्रतिवेदनमा औंल्याएका बिषयहरु कार्यान्वयनकालागि ताकेता गर्ने सहमती भएको छ । उनीहरुले महिला हिंसाका सबै मुद्दामा पनि निरन्तर खबरदारी गर्न सरकारसँग माग गरेका छन् । 

    270362759_2783825515245065_1225083713581465442_n (1).jpg
     
     
      


    तेस्रो आँखा