• ट्रेण्डिङ्ग :
सुनको मूल्य घट्यो 

सुनको मूल्य घट्यो 


  • 3.0K
    SHARES
    • पौष २६, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 4.6K Views

    सुनको मूल्य घट्यो 

    काठमाडौं २६ पुस/ नेपाली बजारमा सुनको मूल्य लगातार घटिरहेको छ । आज बिहीबार पनि सुनको मूल्य घटेको हो । गत सोमबारदेखि घट्ने क्रममा रहेको सुनको मूल्यले आज पनि निरन्तरता पाएको छ ।

    images

    बुधबार प्रतितोला एक सय रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला दुई सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। 

    आज चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।


    तेस्रो आँखा