दिल्लीमा कोरोना दर बढ्दो : एक सातामा आठ गुणा वृद्धि 

दिल्लीमा कोरोना दर बढ्दो : एक सातामा आठ गुणा वृद्धि 


  • 7.4K
    SHARES
    • पौष २२, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 11.3K Views

    दिल्लीमा कोरोना दर बढ्दो : एक सातामा आठ गुणा वृद्धि 

    एजेन्सी, २२ पुस । भारतको नयाँ दिल्लीमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या उच्च गतिमा बढेको छ । 

    images

    नयाँ दिल्ली सरकारले जारी गरेको स्वास्थ्य बुलेटिनका अनुसार कोरोनाका १५ हजार ९७ संक्रमित पुष्टि भएका हुन् । प्रदेशमा अब संक्रमणदर १५.३४ पुगेको छ । सोही अवधिमा ६ जनाको मृत्यु भएको छ भने सक्रिय संक्रमितको संख्या पनि बढेर ३१ हजार ४९८ पुगेको छ । 

    १ जनवरीमा दिल्लीमा २ हजार ७९६ जनामा संक्रमण देखिएको थियो भने आज ६ जनवरीमा १५ हजार बढीमा संक्रमण पुष्टि भएको हो । ६ दिनको बीचमा ८ गुणा बढी संक्रमित फेला परेका हुन् ।
     

  • सम्बन्धित विषय:

  • # भारत
  • # काेराेना भाइरस

  • तेस्रो आँखा