काेराेना भाइरस (ओमिक्रोन) संक्रमणकाे तीव्र रूप, कहाँ कहाँ पर्याे असर ?

काेराेना भाइरस (ओमिक्रोन) संक्रमणकाे तीव्र रूप, कहाँ कहाँ पर्याे असर ?


  • 6.8K
    SHARES
    • पौष २३, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 10.5K Views

    काेराेना भाइरस (ओमिक्रोन)  संक्रमणकाे  तीव्र रूप, कहाँ कहाँ पर्याे असर ?

    काठमाडौं,२३ पुस ।  विश्वका विभिन्न मुलुकमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनकाे संक्रमण दर तीव्र रूपमा बढिरहेको बेला नेपालमा पनि यसको जोखिम बढेको छ । नेपालमा यो हप्ता संक्रमितको संख्या उच्चदरमा  बढ्दै गएको छ  । बिहीबार कोरोना संक्रमितको संख्या हेर्दा  पछिल्लो तीन महिनायताकै बढी  देखिएको हो । 

    images

    बिहीबार सात हजार २ सय ९ जनाको पिसिआर परीक्षण गर्दा ४ हजार ७८ र चार हजार ८ सय ९० जनाको एन्टिजेन परीक्षण गर्दा ६२ जनामा संक्रमण पुष्टि भएको छ। यो संख्या विगत तीन महिनायताकै उच्च हो । गत कात्तिक १० गते ५ सय ८२ संक्रमण पुष्टि भएको थियो । बुधबार पनि यो विगत दुई महिनायताकै उच्च संख्यामा संक्रमित थपिएका थिए । मन्त्रलायको तथ्यांकअनुसार बुधबार ४ सय ३५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले  जनाएको छ ।

    मंगलबार ३९३ जना र सोमबार ३२६ जनामा कोरोना पुष्टि भएको र गत आइतबार देशभरि कोरोना संक्रमितको संख्या ३८२ रहेको तथ्यांकमा उल्लेख छ । । शनिबार २३५जनामा मात्रै संक्रमित पुष्टि भएको देिखन्छ । यसअघि हरेक दिन २०० देखि २५० जनाको संख्यामा संक्रमित थपिने गरेकोमा यो हप्ता संक्रमणको ग्राफ उच्च देखिएको छ । मन्त्रालयले बिहीबार २७१ जना कोरोनाबाट निको भएको जनाएको छ । देशभरि निको हुनेको संख्या आठ लाख १३ हजार ४४७ पुगेको छ । 

    हाल सक्रिय संक्रमितको संख्या पाँच हजार ४३१ रहेको छ । कोरोनाबाट थप एकजनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६०२ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर एक दशमलव चार प्रतिशत छ । प्रति १० लाख जनसंख्यामा मृत्युदर ३८१ दशमलव नौ रहेको छ । 

    पछिल्लो समय भेन्टिलेटरमा रहनेको संख्या जम्मा १४ र आइसियुमा ७९ जना छन् । होम आइसोलेसनमा पाँच हजार ६९, संस्थागत आइसोलेसनमा ३६२ र क्वारेन्टिनमा ११३ छन् । देशभरमा ५०० भन्दा बढी संक्रमित भएका जिल्लामा काठमाडौं, ललितपुर र भक्तपुर रहेका छन् भने २०० भन्दा बढी उपचारार्थ संक्रमित रहेका जिल्लामा सुनसरी, कास्की, बाँके र कैलाली छन् । शून्य संक्रमित रहेका जिल्लामा रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र मुगु छन् ।उपत्यकाका तीन जिल्लामध्ये पछिल्लो समय काठमाडौंमा एक हजार ३०२, ललितपुर ६२१ र भक्तपुरमा ५५३ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । 

    कोरोना कहरले कहाँ कहाँ पर्याे असर ? 

    कोरोना भाइरसका कारण राजनीतिक र कूटनीतिक गतिविधिहरूमा समेत असर गरेको छ । कोरोना संक्रमण बढेकै कारण प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण रद्द भएको छ । यही पुस २५ गते उहाँ भारत भ्रमणमा जाने तय भएको थियो ।  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा  गुजरातमा यही पुस २६ देखि २८ गतेसम्म आयोजना हुने भनिएको ‘गुञ्जायमान गुजरात’ विषयको विश्वस्तरीय सम्मेलनलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम थियो । 

    प्रचण्डको भेटघाट बन्द

    कोरोना संक्रमणकै कारण माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक भेटघाट बन्द गरेका छन्  । आठऔं महाधिवेशन सकेर पदाधिकारी चयनमा रहेको माओवादी केन्द्रका विभिन्न नेताहरूलाई संक्रमण पुष्टि भएपछि प्रचण्डले भेटघाट गरेका हुँन ।  पाटीर्का र्यालयका सचिव डोरप्रसाद उपाध्याय, एविन्द्र पराजुलीसहितलाई कोरोना भाइरस संक्रमण भएपछि अध्यक्ष प्रचण्डले बिहीबारबाट नै भेटघाट बन्द गरेका हुन । 

    राष्ट्रपति र प्रधानमन्त्रीबीच कोरोना नियन्त्रणको बारेमा छलफल

    राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच कोरोना भाइरस नियन्त्रणका विषयमा छलफल भएको छ । बिहीबार राष्ट्रपति भण्डारीसँगको शिष्टाचार भेटका लागि प्रधानमन्त्री देउवा राष्ट्रपति कार्यालय शीतलनिवास गएका थिए ।  राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले  भेटका क्रममा बढ्दो कोरोना महामारीका विषयमा कुराकानी भएको बताए ।  राष्ट्रपति भण्डारीले नेपालमा पछिल्लो समयमा कोरोना भाइरसको संक्रमण एवं कोरोनाविरुद्धको खोप उपलब्धताको अवस्थाका बारेमा जानकारी लिएकी थिइन । 

    भारत र अमेरिकामा बढी प्रभाव

    कोरोनाले भारत र अमेरिकालगायत देशमा बढी प्रभाव पारेको छ । भारतमा पछिल्लो समय कोरोना भाइरसबाट थप ९० हजार ९२८ संक्रमित भएको केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले जनाएको छ । यसैसँगै भारतमा कोरोना सुरु भएदेखि हालसम्म तीन करोड ४९ लाखभन्दा बढी संक्रमित भएका छन् । सोही अवधिमा थप ३२५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । भारतमा अहिले संक्रमित अवस्थामै रहेकाको संख्या दुई लाख ८५ हजार ४१० छ । 

    भारतमा कोरोना सुरु भएदेखि हालसम्म ६८ करोड ५३ लाखभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ । सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुुरु भएको थियो । सो समयदेखि पछिल्लो समयसम्म एक अर्ब ४८ करोड ६७ लाखभन्दा बढी डोज खोप लगाइएको जनाइएको छ । 

    यस्तै,भारतमा ओमिक्रोनबाट पहिलो मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले कोरोनाको घातक भनिएको ओमिक्रोन भेरियन्टबाट एकजनाको ज्यान गएको जनाएको छ । ती व्यक्ति मधुमेहका दीर्घरोगी रहेका र उनी ओमिक्रोनको उपचारका क्रममा रहेका सो मन्त्रालयले जनाएको छ । 

    त्यस्तै अमेरिकाको अवस्था पनि खतरनाक देखिएको छ । जनवरी महिना सुरु भएयताको चार दिनमा मात्र कोरोना भाइरसको प्रकोपका कारण तीन हजारभन्दा बढी विद्यालय बन्द भएका बताइएको छ । न्युजर्सीमा मात्र कम्तीमा पनि ३२ प्रतिशत विद्यालय बन्द भएका बताइएको छ ।

    उता एटलान्टा, मेरिल्याण्ड तथा न्युयोर्कमा महामारीका कारण विद्यालयहरू बन्दै गरिएका बताइएको छ । गएको ११ दिनयता यहाँ कोरोनाका संक्रमितहरू दोब्बरभन्दा बढी देखिएका छन् । कोरोनाका कारण अमेरिका विश्वकै सबैभन्दा बढी प्रभाव परेको देश हो । अमेरिकामाले अहिले पनि लाखौँ संक्रमित भेटिने गरेका छन् । अन्य युरोपेली मुलुकहरूमा पनि संक्रमण तीव्र रूपमा फैलिरहेको छ ।