- तेस्रो आँखा डेस्क
काठमाडौं, २३ पुस। विश्वका विभिन्न मुलुकमा फैलिएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ नेपालमा पनि थप २४ जनामा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार नेपालमा थप २४ जनामा भेरियन्ट पुष्टि भएको हो ।
पछिल्लो पटक ‘जिन सिक्वेन्सिङ’ गरिएका २४ वटा नामुनामा ओमिक्रोन पुष्टि भएको मन्त्रालयले जनाएको छ । पुस महिना भर ११४६ जना कोरोना संक्रमितहरुको स्क्रिनिङ गर्दा २५० जनामा एस जिन नेगेटिभ आएको थियो ।
यीमध्य २४ जनाको नमुनामा जिन सिक्वेन्सिङ गर्दा २४ जनामै ओमिक्रोन पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

