‘८३’ फ्लप भएपछि रणवीरले बायोपिक फिल्ममा अभिनय नगर्ने

‘८३’ फ्लप भएपछि रणवीरले बायोपिक फिल्ममा अभिनय नगर्ने


  • 7.6K
    SHARES
    • पौष २३, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 11.6K Views

    ‘८३’ फ्लप भएपछि रणवीरले बायोपिक फिल्ममा अभिनय नगर्ने

    काठमाडौं, २३ पुस । बलिउड अभिनेता रणवीर सिंहले कुनै पनि बायोपिक फिल्ममा अभिनय नगर्ने बताएका छन् ।

    images

    सिंहले फिल्म ‘८३’ असफल भएपछि अब देखि कुनै पनि बायाेपिकमा अभिनय नगर्ने निर्णय गरेका हुन् । 

    भारतको ऐतिहासिक १९८३ विश्वक्रप क्रिकेट जितको कथामा आधारित रहेर बनाइएको फिल्म ‘८३’ ले बक्स अफिसमा आशातित व्यापार गर्न सकेकाे छैन । 

    अभिनेता रणवीर निकट स्रोतका अनुसार उनलाई कैयौं बायोपिक फिल्मको अफर थिए । जसमा मेघना गुलजारको ‘सेम मानेकशा’ पनि थियो । तर अब यो फिल्ममा विक्की कौशलले अभिनय गर्ने भएका छन् । रणवीरले बायोपिक फिल्ममा चासो नदेखाएपछि विक्कीको हातमा यो फिल्म पुगेको हो ।

    उनले फिल्म ‘८३’मा कपिल देवको भूमिका निर्वाह गर्नुअघि सञ्जयलीला भन्सालीको ‘बाजीराव मस्तानी’, ‘पद्मावत’ जस्ता फिल्ममा वास्तविक जिन्दगीको भूमिका निर्वाह गरेका थिए । तर अब भने उनले अनिश्चितकालका लागि बायोपिक फिल्मसँग दूरी बढाएका छन् ।

    फिल्म ‘८३’ पछि रणवीर ‘जयेशभाई जोरदार’ र करण जोहारको ‘रकी और रानीकी प्रेम कहानी’मा अभिनय गर्दैछन् । ‘जयेशभाई जोरदार’मा रणवीर दक्षिण भारतीय अभिनेत्री शालिनी पाण्डेसँग रोमान्स गर्दैछन् । करणको फिल्ममा उनको केमेष्ट्री आलिया भसँग हेर्न पाइनेछ ।

     


    तेस्रो आँखा