• ट्रेण्डिङ्ग :
कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि सुरु गर्यो सिसिएमसिसीले छलफल

कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि सुरु गर्यो सिसिएमसिसीले छलफल


  • 6.1K
    SHARES
    • पौष २३, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.4K Views

    कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि सुरु गर्यो सिसिएमसिसीले छलफल
    • तेस्रो आँखा डेस्क 

    काठमाडौं २३, पुस । नेपालमा कोरोना भाइरसको संक्रमण बढ्न थालेको छ ।  संक्रमण बढ्न थालेपछि सरकारले कोरोनाको पछिल्लो अवस्थाबारे छलफल सुरु गरेको छ । 

    images

    शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी) को बैठक बसेको हो ।  

    बैठकमा सिसिएमसिसीका तर्फबाट नेपालमा कोरोना संक्रमणको अहिलेको अवस्थाबारे जानकारी गराइएको छ । अब आउन सक्ने चुनौतीबारे पनि प्रस्तुत दिइएको छ ।

    त्यस्तै, स्वास्थ्य मन्त्रालयले परीक्षण र खोप अभियानबारे जानकारी गराएको छ । 

    पछिल्ला केही दिनयता नेपालमा कोरोनाको संक्रमण बढ्न थालेको छ। शुक्रबार स्वास्थ्य मन्त्रालयकाअनुसार पुस महिनामा थप २४ जनामा ओमिक्रोनको संक्रमण  पुष्टि भएको छ।

     


    तेस्रो आँखा