तेस्रो आँखा डेस्क
काठमाडौं, २३ पुस । नेपालमा कोरोना भाइरसको संख्या बढ्दै गएको छ । पछिल्लो चौबिस घण्टामा गरिएको परिक्षणमा ९६८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयकाअनुसार नेपालभर १४९७१ जनाको परिक्षण गर्दा ९६८ जनामा कोरोना संक्रमण देखिएको हो ।
त्यस्तै, जसमा ८२७२ जनामा पिसिआर परिक्षण गर्दा ५७२ जना र ६६९९ जनामा एन्टीजेन परिक्षण गर्दा ३९६ जनामा कारोना संक्रमण देखिएको हो ।
मन्त्रालयलका पछिल्लो २४ घण्टामा २६२ जना निको भएका छन् भने कोरोनाको कारण कसैको पनि मृत्यु भएको छैन ।

