- तेस्रो आँखा डेस्क
काठमाडौं २३, पुस। प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को बैठकमा प्रधानमन्त्री देउवाले संक्रमण फैलन नदिन उच्च सर्तकता अपनाउन निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री देउवाले स्कूल, कलेजदेखि विभिन्न ठाउँमा खोप केन्द्र स्थापना गरेर खोप अभियानलाई तिव्रता दिन पनि भनेका छन् ।
त्यस्तै, बैठकमा स्वास्थ्य सामग्रीदेखि अन्य आवश्यक सामग्रीको पनि पूर्वतयारीमा जुट्न प्रधानमन्त्री देउवाले सुझाएका छन् ।
कोरोना संक्रमण बढ्न थालेपछि सिसिएमसी बैठक बसेको हो । भारतमा संक्रमण बढेपछि रोकथाम तथा नियन्त्रणका लागि सीमा नाकालाई व्यवस्थित बनाउने बैठकले निर्णय गरेको छ ।
बैठकमा अन्तर्राष्ट्रिय उडान बन्द गर्ने वा नगर्ने विषयमा छलफल भए पनि निर्णय भने भएको छैन । त्यस्तै संघीय सरकारले बेहोर्ने संक्रमितहरूको उपचार खर्च तत्कालका लागि भने स्थानीय सरकारले बेहोर्ने विषयमा छलफल भएकाे बताइएकाे छ ।
