• ट्रेण्डिङ्ग :
भारतकी चर्चित गायिका असीस कौर नेपालमा 

भारतकी चर्चित गायिका असीस कौर नेपालमा 


  • 7.1K
    SHARES
    • पौष २३, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 11.0K Views

    भारतकी चर्चित गायिका असीस कौर नेपालमा 

    काठमाडौं, २३ पुस । भारतकी चर्चित गायिका असीस कौर नेपाल आएकी छन्। शनिबार दरबारमार्गमा रहेको क्लब प्लेटिनममा आयोजना हुने ‘राता लम्बिया नाइट विथ आसीस कौर’ कन्सर्टका लागि उनी नेपाल आएकी हुन् ।

    images

    फेलिज इन्टरनेसनल इभेन्टले आयोजना गरेको कन्सर्टमा उनले आफ्नो चर्चित गीत ‘राता लम्बिया’, ‘भे माही’, ‘बन्देया रे बन्देया’ र ‘तेरे बिन’, ‘आख लड जावे’ लगायतमार्फत दर्शक नचाउनेछिन् ।

    नेपाली दर्शकको भारतीय सेलिब्रेटी भेट्ने र सँगै नाच्ने चाहना पूरा गर्न कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाका सिइयो शाहिल खानले बताए ।

    कार्यक्रममा आसीस कौरका अलावा नेपाली गायक याबेश थापाको प्रस्तुति रहनेछ । आसीस कौरको पछिल्लो समय ‘राता लम्बिया’ गीत निकै हिट छ । कौरले इन्डियन आइडल, आवाज पञ्जाब दीलगायतका विभिन्न गायन रियालिटी शोमा समेत भाग लिएकी थिइन्।

    पाँच वर्षको हुँदादेखि नै गायन क्षेत्रमा लागेकी कौरले ‘तमाचे’ फिल्मको ‘दिलदारा रिप्राइज’ मार्फत बलिउडमा डेब्यू गरेकी थिइन् । त्यसयता उनले बलिउडका थुप्रै फिल्मको गीतमा आफ्नो आवाज दिइसकेकी छन् । २०२१ को फिल्म फेयर अवार्डमा समेत उनले हात पारेकी थिइन् ।
     

  • सम्बन्धित विषय:

  • # गायिका

  • तेस्रो आँखा