• ट्रेण्डिङ्ग :
हुण्डी र क्रिप्टो करेन्सी कारोबारमा संलग्न भएको आशंकामा कपडा व्यापारी अग्रवाल पक्राउ

हुण्डी र क्रिप्टो करेन्सी कारोबारमा संलग्न भएको आशंकामा कपडा व्यापारी अग्रवाल पक्राउ


  • 3.0K
    SHARES
    • माघ ५, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 4.6K Views

    हुण्डी र क्रिप्टो करेन्सी कारोबारमा संलग्न भएको आशंकामा कपडा व्यापारी अग्रवाल पक्राउ

    काठमाडौं । राजस्व अनुसन्धान विभागले हुण्डी र क्रिप्टो करेन्सी कारोबारमा संलग्न भएको आशंकामा कपडा व्यापारी नरेश अग्रवाललाई पक्राउ गरेको छ।

    images

    गएराति क्षेत्रपाटीस्थित निवासमा छापा मारी करिब सवा २ करोड नगदसहित उनलाई नियन्त्रणमा लिएको विभागका महानिर्देशक नवराज ढुंगानाले थाहासञ्चार नेटवर्कलाई जानकारी दिए। 

    उनलाई अहिले राजस्वको हिरासतमा राखिएको छ। अवैध कारोबारमा उनको टिम नै संलग्न रहेको र उनीसँगै अरु दुई जनालाई पनि नियन्त्रणमा लिइएको महानिर्देशक ढुंगानाले बताए। 

    अग्रवाल अवैध धन्दामा लागेको आशंकामा विभागले लामो समयदेखि निगरानी गर्दै आएको थियो। बाहिर कपडा व्यापार देखाए पनि भित्रभित्रै सुन, हुण्डी र क्रिप्टो करेन्सीको कारोबारमा संलग्न रहेको विभागको अनुमान छ। 

    महानिर्देशक ढुंगानाका अनुसार पक्राउ परेकामाथि अनुसन्धान भइरहेको छ। 


    तेस्रो आँखा