• ट्रेण्डिङ्ग :
स्रोत नखुलेको दुई करोड ३० लाख रकमसहित चार जना पक्राउ

स्रोत नखुलेको दुई करोड ३० लाख रकमसहित चार जना पक्राउ


  • 4.0K
    SHARES
    • माघ ५, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 6.1K Views

    स्रोत नखुलेको दुई करोड ३० लाख रकमसहित चार जना पक्राउ

    काठमाडौँ, ५ माघ/राजस्व अनुसन्धान विभागको टोलीले काठमाडौँको क्षेत्रपाटीबाट स्रोत नखुलेको रु दुई करोड ३० लाख रकमसहित चार जनालाई पक्राउ गरेको छ ।

    images

    पक्राउपर्नेमा नरेश अग्रवाल र उनका सहयोगी रहेका विभागका महानिर्देशक नवराज ढुङ्गानाले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “राजस्व अनुसन्धान विभागको टोलीले करिब रु दुई करोड ३० लाखजति रकमसहित चार जनालाई पक्राउ गरेको छ ।”

    व्यापारी नरेश अग्रवालको घरमा राजस्व अनुसन्धान विभागले छापा मारेपछि उक्त रकम फेला परेको बताइएको छ । बरामद गरिएको रकम हुण्डी कारोबारको हुनसक्ने अनुमान गरिएको छ । पक्राउ परेकाहरुविरुद्ध थप अनुसन्धानका लागि हिरासतमा राख्न आजै अदालतबाट म्याद लिने विभागको तयारी रहेको विभागका महानिर्देशक ढुङ्गानाले बताउनुभयो । 


    तेस्रो आँखा