• ट्रेण्डिङ्ग :
काँडेतार देशभक्ति चलचित्र हो :नवल खड्का 

काँडेतार देशभक्ति चलचित्र हो :नवल खड्का 


  • 3.9K
    SHARES
    • माघ ५, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 5.9K Views

    काँडेतार देशभक्ति चलचित्र हो :नवल खड्का 

    तुलसीपुर ५ माघ/ चलचित्र निर्माता तथा नायक नवल खड्काले चलचित्र काँडेतार माटो र मान्छे जोगाउँनु पर्छ भन्ने सन्देश दिएको देशभक्ति चलचित्र भएको बताएका छन् । घोराहीमा हुने चलचित्र काँडेतारको च्यारिटीशोका लागि दाङ आएका उनले चलचित्रले नेपालको सिमाना कहाँसम्म हो भन्ने गम्भीर प्रश्न उठाएको बताए ।

    images

    चलचित्र पत्रकार संघ दाङ शाखाले आज तुलसीपुरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बाृेल्दै उनले देशको सुरक्षा लगायत यस्तो खुला बोर्डर कुनै पनि देशमा नभएको भन्दै खुला वोर्डरले ठुला ठुला अपराधिक घटनाहरु, तस्कर, राजश्वस छली भईरहेको सन्देश चलचित्रले दिएको बताए । त्यस्तै पछिल्लो समयमा युवाहरु देशमा बस्न नचाहेको र देशलाई बचाउने कर्तव्य हाम्रो हो  भन्ने कुरा समावेश गरिएको जानकारी दिए । नेपालमा ६० वर्षको चलचित्रको ईतिहासमा काँडेतार जस्तो फिल्म अहिलेसम्म कसैले बनाउन नसकेको बताए ।

    नेपाल र नेपालीको लागि बनाएको चलचित्र नेपालको स्वाभिमान, नेपालको स्वाधिनता, नेपालको गौरवगाठा, नेपालको सान,मान बचाउँने खालको भएकाले नेपाललाई माया गर्ने व्यक्तिले चलचित्र काँडेतारलाई पनि माया गर्ने बताए । कार्यक्रममा काँडेतारका नायक प्रशान्त यादव यो चलचित्र देशभक्ति बनेकाले सबै दर्शकको साथ पाइने बताए । चलचित्र पत्रकार संघ दाङका अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष शिव पुनले स्वागत गरेका थिए भने सहजीकरण सचिव निरला अर्यालले गरेकी थिइन् । 


    तेस्रो आँखा