मानेभञ्ज्याङका १ सय २५ गर्भवती जोडीलाई जिवनसुुरक्षा सम्बन्धी प्रशिक्षण

मानेभञ्ज्याङका १ सय २५ गर्भवती जोडीलाई जिवनसुुरक्षा सम्बन्धी प्रशिक्षण


  • 8.9K
    SHARES
    • पौष २४, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 13.7K Views

    मानेभञ्ज्याङका १ सय २५  गर्भवती जोडीलाई जिवनसुुरक्षा सम्बन्धी   प्रशिक्षण

    ओखलढुंगा, २४ पुस । ओखलढुंगाको मानेभञ्ज्याङमा १ सय २५ बढि गर्भवती जोडीलाई जिवनरक्षाबारे प्रशिक्षण दिइएको छ । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिकामा १ सय २५ भन्दा बढि गर्भवती महिला र उनीहरुका श्रीमानलाई सँगै राखेर जिवनरक्षाबारे तालिम दिइएको हो ।

    images

    मातृशिशु सुरक्षाका लागि गाउँपालिकामा विगत ४ बर्ष देखि सञ्चालित कार्यक्रम अनुसार यस बर्ष पनि पालिका भरिका गर्भवती महिला र उनीहरुका श्रीमानलाई सँगै राखेर जिवनरक्षाबारे तालिम दिइएको छ । गाउँपालिकाको आर्थिक सहयोग र स्वास्थ्य शाखाको प्राविधिक सहयोगमा हालसम्म पालिकाका सबै वडाहरुमा वडाहरुमा यो कार्यक्रम सञ्चालन भएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक विस्वराज दाहालले बताए ।

    ‘गर्भावस्था भनेको निकै जोखिमपुर्ण अवस्था हो । आवस्यक हेरचाह र उचित सावधानी अपनाउन नसकिए आमा र बच्चा दुबैको ज्यान जोखिममा हुन्छ । अकालमा आमा र बच्चाले अमुल्य जीवन गुमाउन नपरोस भनेर गर्भवतिको हेरचाह र गर्भावस्थामा अपनाउनुपर्ने सावधानीबारे गर्भवति महिला, उनीहरुका श्रीमान र सासुहरुलाई सँगै राखेर प्रशिक्षण दिने गरेका छौँ ।’ पालिकाको स्वास्थ्य शाखा संयोजक दाहालले भने ।

    उनका अनुसार तालिममा गर्भवतीका श्रीमान वा सासुलाई सँगै राखेर, गर्भवतिको स्याहार, गर्भावस्थामा देखिने खतराका चिन्ह, अपनाउनुपर्ने सावधानी लगायतको बारेमा सचेत गराइएको छ ।

  • सम्बन्धित विषय:

  • # स्वास्थ्य

  • तेस्रो आँखा
    लेखकबाट थप