काठमाडौं, २४ पुस । प्रधानमन्त्री शेरबहादुर देउवा आइसोलेसनमा बसेका छन् । प्रधानमन्त्री देउवा आजदेखि आइसोलेसनमा बसेका हुन् ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कोरोना सङ्क्रमण भएपछि प्रधनमन्त्री देउवा आइसोलेसनमा बसेकाे प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएकाे छ । दुई दिनअघि बालुवाटारमा भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा प्रधानमन्त्री देउवा प्रचण्डसँगै सहभागी भएका थिए ।
प्रचण्डमा कोरोना पुष्टि भएपछि प्रधानमन्त्री देउवासहित सत्ता गठबन्धनका शीर्ष नेतासमेत कन्ट्याक्ट ट्रेसिङमा परेका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेताहरू हरिबोल गजुरेल, मातृका यादव, डोरप्रसाद उपाध्याय, रामप्रसाद सापकोटा, रमेश मल्ललगायतलालाई कोरोना सङ्क्रमण भएको छ ।
सचिवालयकाअनुसार प्रधानमन्त्रीको कोरोना परीक्षण आइतबार हुनेछ ।
