• ट्रेण्डिङ्ग :
दंगीशरणमा नि:शुल्क स्वास्थ्य शिविर 

दंगीशरणमा नि:शुल्क स्वास्थ्य शिविर 


  • 4.4K
    SHARES
    • माघ ८, २०८० सोमबार
    • २ बर्षs अघि
    • 6.8K Views

    दंगीशरणमा नि:शुल्क स्वास्थ्य शिविर 

    दंगीशरण ८ माघ/स्वास्थ्य कार्यालय दाङको आयोजना तथा दंगीशरण गाउँपालिकाको समन्वयमा एक दिने नि:शुल्क स्वास्थ्य शिविर वडा न १ को आधारभुत स्वास्थ्यकेन्द्र रामपुरमा सम्पन्न भएको छ । 

    images

    ४० बर्ष उमेर समुह देखी माथिका ब्यक्तीहरुका लागी नि:शुल्क स्वास्थ्य सेवा, परामर्श सहितको शिवीर राखिएको वडा न १ का वडा अध्यक्ष रमेश भण्डारीले बताउनुभयो । ग्रामिण भेग त्यसमापनि स्वास्थ्यको पहुँच बाट टाढा रहेका ४० बर्ष माथिकाहरुका लागी चेकजाँच सहितको शिवीर राखिएको अध्यक्ष भण्डारीले बताउनुभयो ।

    शिवीरमा मधुमेह ,उच्च रक्तचाप ,तथा पिसावद्वरा मृगौला रोगको परीक्षण सम्बन्धि स्कृनिङ लगायतको सेवा प्रदान गरीएकोथियो ।शिवीर बाट १४५ जनाले निशुल्क स्वास्थ्य सेवा लिएको स्वास्थ्य साखा दंगीशरणका प्रमुख प्रदिप योगिले जानकारी दिनुभयो ।


    तेस्रो आँखा