• ट्रेण्डिङ्ग :
‘ए गौरी’को भिडियोमा अञ्जली र विमलको दमदार अभिनय

‘ए गौरी’को भिडियोमा अञ्जली र विमलको दमदार अभिनय


  • 13.7K
    SHARES
    • माघ ८, २०८० सोमबार
    • २ बर्षs अघि
    • 21.1K Views

    ‘ए गौरी’को भिडियोमा अञ्जली र विमलको दमदार अभिनय

    काठमाडौंँ, ८ माघ । चर्चित लोक तथा दोहोरी गायिका संगम लामिछानेको नयाँ गीत ‘ए गौरी’ सार्वजनिक भएको छ । बद्री सापकोटा र संगम लामिछानेको स्वर भएको उक्त गीतमा कृष्ण लामिछानेको शब्द तथा बद्री सापकोटाको संगीत रहेको छ । 

    images

    उक्त गीतमा विनोद बाजुरालीको संगीत संयोजन रहेको छ भने चर्चित मोडल अञ्जली अधिकारी तथा विमल अधिकारी साथै रिया खड्का र दीपक पौड्यालको अभिनय रहेको छ । प्रस्तुत गीत संगम लामिछाने युटुब च्यानलबाट सार्वजनिक भएको छ । मौसम हिमालीको निर्देशन रहेको उक्त गीतको भिडियो नवराज उप्रेतीले खिचेका हुन् । 

    Ye Gauri.jpeg

    रामेछाप जिल्ला स्थायी घर भएकी बहुचर्चित काठे गीत हे मेरो सानुकी गायिका संगम लामिछाने काठ क्षेत्रकी चर्चित गायिका हुन् । काठ क्षेत्रमात्र नभएर पश्चिमी गीतसम्म गाउन खप्पिस गायिका लामिछानेले यसपालि भने पश्चिमी गीत बजारमा लिएर आएकी हुन् । बहुचर्चित गीत बस बस पियारीका संकलक तथा गायक बद्री सापकोटासँगको सहकार्यमा झ्याउरे गीत ‘ए गौरी’ गायिका संगम लामिछानेले सार्वजनिक गरेकी हुन् ।

    ए गौरीको भिडियो हेर्नुहोस्

     

     

     

  • सम्बन्धित विषय:

  • # अञ्जली र विमल

  • तेस्रो आँखा