• ट्रेण्डिङ्ग :
पहिलोपटक नेपाली चलचित्र बर्लिन फिल्म फेस्टिभलको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा छनोट

पहिलोपटक नेपाली चलचित्र बर्लिन फिल्म फेस्टिभलको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा छनोट


  • 5.5K
    SHARES
    • माघ ९, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 8.4K Views

    पहिलोपटक नेपाली चलचित्र बर्लिन फिल्म फेस्टिभलको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा छनोट

    काठमाडौं । पहिलोपटक नेपाली फिचर फिल्म बर्लिन फिल्म फेस्टिभलको अन्तर्राष्ट्रिय विधाततर्फको प्रतिस्पर्धामा छनोट भएको छ । मीन भाम निर्देशित ‘साम्बाला’ बर्लिन फिल्म फेस्टिभलको उक्त विधामा छनोट भएको हो । 

    images

    उच्च हिमाली गाउँकी एक गर्भवती महिलालाई श्रीमानले छोडेपछि देवरलाई लिएर उनको खोजीमा हिँड्ने महिलाको कथा सिनेमाको मुख्य विषय रहेको बताइएको छ । यो चलचित्रलाई निर्देशक मीनसँगै अविनाशविक्रम शाहले लेखेका हुन् ।

    ‘साम्बाला’मा थिन्ले ल्हामो, सोनम तोप्द्न, तेन्जिङ डल्हालगायत कलाकार मुख्य भूमिकामा छन् ।

    डोल्पामा छायांकन गरिएको ‘साम्बाला’ १४ करोड रुपैयाँ लगानीमा बनेको निर्माण पक्षले जनाएको छ । मीनको पहिलो फिल्म ‘कालोपोथी’ भेनिस फिल्म फेस्टिभलमा प्रिमियर भएको थियो ।


    तेस्रो आँखा