• ट्रेण्डिङ्ग :
केजिएफका सचिनले गरे हिन्दीमा गोर्खा वारियरको डबिङ

केजिएफका सचिनले गरे हिन्दीमा गोर्खा वारियरको डबिङ


  • 5.7K
    SHARES
    • माघ ९, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 8.8K Views

    केजिएफका सचिनले गरे हिन्दीमा गोर्खा वारियरको डबिङ

    काठमाडौँ । आगामी ११ फागुनबाट नेपालमा रिलिज हुने नेपाली चलचित्र गोर्खा वारियर अहिले चार भाषामा तयार भईरहेको छ । यो चलचित्रको नेपाली भर्सन तयार छ भने हिन्दी, अङ्ग्रेजी र कोरियन भर्सनमा तयार गर्ने क्रम पनि अन्तिम चरणमा पुगेको छ । 

    images

    यो चलचित्रमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, रियर राई, बिरूप घले, सारा राईलगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ ।

    यसै क्रममा गोर्खा वारियरको हिन्दी संस्करणको डबिङ कार्य मुम्बईमा अन्तिम चरणमा पुगेको छ । यो चलचित्रको मुख्य नायक रितेस चाम्सको हिन्दी संस्करणको डबिङ भारतका चर्चित डबिङ आर्टिष्ट सचिन गोलेले गरिरहेका छन् । सचिन ति कलाकार हुन, जसले दक्षिण भारतीय फिल्म केजीएफका लागि अभिनेता यशको हिन्दी संस्करणको डबिङ गरिसकेका छन् ।

    केजीएफको च्याप्टर वान र टु हिन्दी सँस्करणमा नायक यशको डबिङ सचिन गोलेले गरेका कारण पनि हिन्दी संस्करणको डबिङ निकै प्रभावशाली बनेको थियो । तिनै कलाकारले यतिबेला अभिनेता रितेश चाम्सको हिन्दी भाषाको डबिङ गरेको यो चलचित्रका निर्देशक मिलन चाम्सले जानकारी गराएका छन् । यही चलचित्रबाट नायकको रूपमा रितेशले शिर्ष भूमिकामा डेब्यु गरेका हुन् ।  

    यो चलचित्रको हिन्दी संस्करणमा अरु कलाकारको डबिङ पनि डिज्नीलगायत विभिन्न हलिउड तथा दक्षिण भारतीय फिल्मको डबिङ गर्ने भारतीय डबिङ आर्टिष्टको स्वरमा डबिङ गर्ने कार्य तीव्र गतिमा भईरहेको निर्देशक चाम्सले जानकारी गराएका छन् । यो सिनेमाको हिन्दी भर्सनमा भारतीय गायक सानको स्वरमा गीत समेत रहेको छ । यो चलचित्र लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो ।


    तेस्रो आँखा