एउटा लेखले सम्झाइ दिएको विगत

एउटा लेखले सम्झाइ दिएको विगत


  • 24.2K
    SHARES
    • पौष २५, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 37.2K Views

    एउटा लेखले सम्झाइ दिएको विगत
    • समीर ओली

    केहि समय अगाडि म एक जना लेखिकाको ठूलो फ्यान बन्न पुगे । तर न मैले उहाँलाई देखेको छु,न भेटेको छु । के यो साच्चिकै सामान्य कुरा हो रु मे आजसम्म नेपालीदेखि विदेशी कलाकार कसैको पनि फ्यान होइन । मलाई चलचित्र, कथा,उपन्यास, कवितालगायत सबै साहित्य एकदमै मनपर्छ तर आजसम्म कसैको पनि फ्यान भने भएन । तर एकजना यस्तो व्यक्ति हुनुहुन्छ जो सञ्चार क्षेत्रमा आवद्ध हुनुहुन्छ ।

    images

    उहाँ एक सञ्चारकर्मी हुनुहुन्छ । पछिल्लो समय म उहाँको एकदमै ठूलो फ्यान भएको छु । फ्यान हुनुको कारण भूगोलसँगको सामिप्यताले पनि हुन सक्छ । म उहाँको फ्यान हुनु कारण उहाँले लेखको लेख हो । एउटा अनलाइन मिडियामा छापिएको लेख पढेर म निक्कै प्रभावित भए ।

    पुष ९ गते मेरो नाम क्रान्तिशिखा, घर रोल्पा१ भन्ने शीर्षकमा लेखिएको लेख पढिसकेपछि कताकता आफैलाई त्यो पवित्र भूमि रोल्पामा उभिएको महसुस भयो । मेरो जन्म पनि २०५२ साल फागुन महिनामै त्यहीँ पवित्र भूमि रोल्पाको जंकोट भन्ने ठाउँमा भएको हो। जुन बेला माओवादीले दश वर्षे जनयुद्धको घोषणा गरेको थियो।

    म त्यहीँ वर्ष जन्मनु र माओवादीले पनि त्यहीँ वर्ष जनयुद्ध घोषणा गर्नु मात्र संयोग थियो १ त्यसको प्रभावले पनि हुन सक्छ म मा थोरै क्रान्तिकारी भाव भएको। मैले जनयुद्धको बेलामा त्यति धेरै कुराहरू सम्झन त सक्दैन तर म सानो छदा हाम्रो घरमा पनि खाना खानको लागि कमरेडहरु आएको अलिअलि थाहा पाउँछु।

    अनि हाम्रो घर नजिकैको प्राथमिक विद्यालयमा सांस्कृतिक कार्यक्रम गरेर क्रान्तिकारी गितहरु गाएको, नाटक मञ्चन गरेको सपना जस्तै मधुरो याद अहिले पनि आइरहन्छ। हाम्रो परिवार पाँच जनाको हो। सबैभन्दा कान्छो म नै हु । दाइ र दिदी माओवादीले अभियानमा लैजान्छन कि भन्ने भयले दाङमा फुपुको घरमा बसेर पढ्नु हुन्थ्यो।म सानै थिए।बुबा वैदेशिक रोजगारीको लागि साउदीमा हुनुहुन्थ्यो । घरमा आमा र म मात्र हुन्थ्यौ ।

    त्यसबेला वैदेशिक रोजगारमा गएका घरहरुबाट पार्टीलाई सहयोग भनेर महिनैपिच्छे चन्दा दिईरहनु पर्थ्यो । म अलि बुझ्ने भैसकेपछि आमालाई सोध्थे किन पैसा मागेको आमा माओवादीले रु आमा भन्नुहुन्थ्यो ‘क्रान्तिको लागि सहयोग दिएको बाबु । पछि जितेर माओवादीको सत्ता आयो भने सबै नेपाली जनताले सुख पाउछन् रे तेरो बुवाले सधैंभरि विदेशमा दुख गरिराख्नु पर्दैन रे।’

    खै मैले त्यसबेला के बुझे हुँला तर एक पटक माओवादीले चन्दा माग्दा आमाले अहिले त पैसाको छैन विदेशबाट पठाएपछि दिउँला भन्दाभन्दै गाउँकै चिनेका अंकल कमरेड मुक्तिले घरमा बाबाको लागि भनेर पालेको ठूलो खसी आफै डो¥याएर लग्दा रुदैरुदै पछिपछिसम्म गएको आजै जस्तो लाग्छ ।

    आजकाल ति कमरेड मुक्ति कता पुगे होलान रु मैले कक्षा पाँच पास गरेपछि मलाई पनि माओवादीले बाल संगठनमा लाग्नु पर्छ भनेर फकाउने गर्थें तर मलाई पनि आमाले अन्टिको घर मै बसेर पढ् बरु भनेर सदरमुकाम लिवाङ पठाउनु भयो । मैले सदरमुकामकै सरकारी विद्यालय बाल कल्याणमा एक वर्ष पढे ।

    पछि माओवादीले चन्दा मागेर सताइ रहेपछि हामी घर नै त्यतिकै छोडेर दाङ आयौ बुवाले थोरै विदेशमा बचाएको पैसाले घरबास जोड्यौ । कहिलेकाहीँ म जान्छु म जन्मेको ठाउँ रोल्पा ,जंकोट तर परिवर्तनको लागि लडेका कमरेडहरुले खै के के परिवर्तन गरे उस्तै लाग्छ मलाई अझैसम्म पनि त्यहाँको जनताको स्थिति ।

    परिवर्तन त भए होलान तर सिमित कमरेडहरु मात्र । त्यहीँ ठाउँ हो जुन ठाउँबाट बर्षमान पुनदेखि ओनसरि घर्ती, जयपुरी घर्ती जस्ता नामै चलेका नेताहरूको जीवन त परिवर्तन भयो तर कहिले हुन्छ त्यहाँका जनता स्थिति परिवर्तन रु म कुनै लेखक होइन बरु खेलप्रेमि हुँ। कुनै समय खेलाडी भएर खेल जीवनको वास्तविक दुख पिडाहरु नजिकबाट अनुभव गर्ने अवसर पनि पाएको छु ।

    मलाई सबैभन्दा मन पर्ने खेल फुटबल भएकाले म अहिले फुटबल कै व्यवस्थापनको जिम्मेवारीमा रहेर यसैमा रमाउन पाउँदा आफूलाई भाग्यमानी ठान्दछु र निरन्तर रुपमा नेपालको फुटबल विकासको लागि समर्पित भईरहने छु । तर जव मैले क्रान्तिशिखाजी को लेख पढे र यतिसम्म लेख्ने प्रेरणा मिल्यो । मैले तपाईंले लेखेका सबै लेखहरु पढेको छु । समाजिक संजालमा फलो पनि गरेको छु । कुनै समय मिलेछ भने हुजुरसँग भेटेर चिया पिउने धोको छ।


    समिर ओली
    लेखकबाट थप