विद्यार्थीको प्रश्न अभिनेता खड्कालाई : जीवनमा धेरै बाटो थिए किन सिनेमा क्षेत्र रोज्नुभयो ?

विद्यार्थीको प्रश्न अभिनेता खड्कालाई : जीवनमा धेरै बाटो थिए किन सिनेमा क्षेत्र रोज्नुभयो ?


  • 4.5K
    SHARES
    • माघ ९, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 6.9K Views

    विद्यार्थीको प्रश्न अभिनेता खड्कालाई : जीवनमा धेरै बाटो थिए किन सिनेमा क्षेत्र रोज्नुभयो ?

    दाङ, ९ माघ/ चलचित्र निर्माता संघका अध्यक्ष तथा अभिनेता नवल खड्कालाई विद्यार्थीले जीवनमा धेरै बाटो थिए किन सिनेमा क्षेत्र रोज्नुभयो ? भनी सवाल गरेका छन् । आज दाङको घोराहीस्थित राजविद्या पाठशालामा ञविद्यार्थीसँग अभिनेताझ कार्यक्रममा सहभागी भएका अभिनेता खड्कालाई विद्यार्थीले सिनेमा क्षेत्र रोज्नुका कारण सोधेका हुन् । 

    images

    कक्षा ७ मा अध्ययनरत छात्र अर्नव चोवेले सवाल गरे-जीवनमा धेरै बाटो थिए किन सिनेमा क्षेत्र रोज्नुभयो रु चोवेको सवालमा गम्भीर हुँदै अभिनेता खड्काले भने, नायक बन्ने मेरो सानैदेखिको चाहना थियो ।  साथीभाइ तथा इष्टमित्रले पनि हिरो छस् भनेर उत्साह थपिदिनुहुन्थ्यो । त्यो भन्दा पनि मलाई डक्टर, इन्जिनियर, पाइलट, शिक्षक, नेता, वकिल सबै बन्न मन लाग्थ्यो । यी सबै बनेर नेतृत्व लिने क्षेत्र भनेको सिनेमा रहेछ । मैले रिल लाइफमा सबैको भूमिका निर्वाह गर्न पाएको छु । यसकारण पनि मैले सिनेमा क्षेत्र रोजेँ ।

    एउटा सवालको जवाफ दिई सक्दा नसक्दै कक्षा ६ मा अध्ययनरत छात्र अस्मिन सेन्चुरीले काँडेतारले कुन विषयलाई उठाएको छ ? भनी प्रश्न सोधे । सेन्चुरीको सवाललाई सम्बोधन गर्दै अभिनेता खडकाले भने, चलचित्र काँडेतारले देशको इतिहास, देशको सभ्यताको विकास, देशको स्थिति, अब देश कस्तो बनाउनुपर्छ भन्ने विषयलाई उठाएको छ । समग्रमा यस चलचित्रले देशभक्ति भावनालाई समेटेको छ ।

    बालबालिकाको विषयलाई जोडेदै कक्षा ७ की छात्रा  साकुरा बुढा मगर सोधिन्- चलचित्र निर्माण गर्दा बालबालिकालाई कस्तो सन्देश जाओेस् भन्ने चाहनुहुन्छ ?

    साकुराको प्रश्नले मुहारमा गम्भीरपन छरेका अभिनेता खड्काले भने, बालबालिका भविष्यका कर्णधार हुन् । फिल्मले बालबालिकाका लागि भविष्यको मार्ग निर्देशन गर्न सक्नुपर्छ भन्नेमा हामी सचेत हुन्छौं नै । हामीले निर्माण गरेका चलचित्रले बालबालिकाको भविष्य राज्यले सुनिश्चित गरिदिनुपर्छ, बालबालिकाका लागि हरेक अवसर राज्यले सिर्जना गरिदिनुपर्छ भन्ने सन्देश सम्प्रेषण गरेका छौँ ।

     
    नेपालमा कलाकारको भविष्य सुनिश्चित देखिदैन  किन ? कक्षा ८ की छात्रा आहाना भण्डारीले सोधिन् ।

     प्रश्नले गम्भीर भावमुद्रामा देखिएका अभिनेता खड्का केहीबेर गमे र भने, सानी मान्छेले निकै गम्भीर प्रश्न सोध्नुभयो । तपाईंको प्रश्नले म भावुक भएँ । कलाकार देशको समुन्नतिको पक्षमा नै हुन्छौँ । हरेक सम्भावना देशमै हुनुपर्छ । हाम्रो देश विश्वको लागि गन्तव्य बन्नुपर्छ । देशमै हरेक सम्भावनासँगै आवश्यकताको व्यवस्थापन राज्यले गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो र रहन्छ पनि । तर राज्यले  कलाकारिता क्षेत्रमा  लगानी लगाउन हिचकिचाउनु, कलाकारप्रति राज्यको स्पष्ट नीति नहुनु कलाकारको लागि विडम्बना हो । यस क्षेत्रमा आवश्यकता अनुसार शासकको दृष्टि पुगेको छैन। देशको सम्पूर्ण विषयलाई चलचित्रले उठाएको हुन्छ तर सरकारले यसलाई बुझ्न नसक्नु बिडम्वना हो ।

    सवालको जवाफ दिदै गर्दा गम्भीर बनेका अभिनेता खड्कालाई कक्षा ७ की  बेञ्जिला वलीले अर्को प्रश्न तेर्साइन् -युवा पुस्ताको विदेश पलायनको विषयलाई चलचित्र क्षेत्रले कसरी सम्बोधन गर्नुपर्नेछ ? 

    युवा पुस्ताको विदेश पलायको ग्राफ उच्च रहेको बताउँदै अभिनेता खड्काले चलचित्र लगायत हरेक क्षेत्रले यस विषयलाई संवेदनशील रूपमा लिनुपर्ने बताए । ञचलचित्र काँडेतारले यस विषयलाई उठाएको छ । स्वदेशको माटो सुहाउँदो शिक्षा आवश्यक छ, युवा पुस्ताको विदेश क्रेजलाई रोक्न राज्यले सिस्टम निर्माण गर्नुपर्छ । यस  विषयलाई काँडेतारले उठान गरेको छ ।

    चलचित्र ‘काँडेतार’ को च्यारेटी सोका लागि देशव्यापी अभियानमा रहेका अभिनेता खड्का अहिले दाङ आइपुगेका हुन् । भेटका क्रममा अभिनेता खड्काले चलचित्र ‘काँडेतार’ ले नेपालको सभ्यताको विकास तथा देशको इतिहासको इतिवृतान्तलाई समेटेको बताएका हुन् । ‘देशको राजनीतिक अवस्था, सामाजिक तथा सांस्कृतिक अवस्थालाई चलचित्रले समेटेको छ । सम्भावनाको अभावमा विदेश पलायन हुने युवावर्गलाई स्वदेशमै सम्भावना रहेको सन्देश चलचित्रले सम्प्रेषण गरेको छ । साथै देशमै सम्भावना प्रशस्त रहेकोले युवा पुस्तालाई रचनात्मक तथा सिर्जनात्मक कार्यमा लाग्न समेत चलचित्रले अपील गरेको छ ।’ उनले थपे, ‘चलचित्रले स्पष्ट सीमानाको खोजी गरेको छ । सीमानामा काँडेतार तथा पर्खाल लगाउनाले देशको सीमाना स्पष्ट हुने विषयलाई उठाएको छ । चलचित्रले सीमानाबिनाको देश हुनुहुँदैन भन्ने सन्देश सम्प्रेषण गरेको छ । चलचित्रले समस्याको उठान गर्नुका साथै समाधानका उपायलाई पनि प्रस्तुत गरेको छ ।’

    कार्यक्रममा काँडेतारका अर्का नायक प्रशान्त यादव,  प्याब्सन दाङका सचिव तथा राजविद्या पाठशालाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आदिम केसीले मन्तव्य राखेका थिए । 

    विद्यालयका प्रिन्सिपल टिकाजंग बिकेले ञविद्यार्थीसँग अभिनेताझ कार्यक्रममा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै चलचित्रलाई शिक्षासँग जोड्नुपर्ने बताएका थिए । साथै उनले चलचित्र काँडेतारको सफलताको कामना समेत गरेका थिए । कार्यक्रमको सहजीकरण कक्षा ७ मा अध्ययनरत छात्रा सम्भावना वलीले गरेकी थिइन् ।


    तेस्रो आँखा