स्थगित भयो घोराहीमा हुने भनिएको महोत्सव

स्थगित भयो घोराहीमा हुने भनिएको महोत्सव


  • 11.7K
    SHARES
    • पौष २५, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 18.0K Views

    स्थगित भयो घोराहीमा हुने भनिएको महोत्सव

    तेस्रो आँखा डेस्क
    दाङ,पुस २५ ।  पछिल्लो समय देखिएको कोरोना संक्रमणको उच्च जोखिमका कारण दाङ जिल्ला उद्योग बाणिज्य संघले महोत्सव स्थगित गरेको छ । संघका अध्यक्ष टंकसिंह बुढाथोकीले कोरोना संक्रमणको खतरा बढेकाले संघले आयोजना गर्ने भनिएको महोत्सव स्थगित गरिएको तेस्रो आँखालाई जानकारी दिए । संघले आगामी माघ ७ गते देखि घोराहीमा महोत्सव आयोजना गर्ने तयारी गरेको थियो ।

    images

    ‘दाङ जिल्ला उद्योग बाणिज्य संघ आमनागरिकको स्वास्थ्य सुरक्षा प्रति गम्भिर छ,’ अध्यक्ष बुढाथोकीले भने ‘पछिल्लो समय कोरोनाको संक्रमणको जोखिम फेरी बढेकाले महोत्सव स्थगित गर्ने निर्णय गरेका छौँ ।’ उनले यसअघि पहिलो र दोस्रो चरणको कोरोना संक्रमणलाई टार्न संघले बिभिन्न काम गरेको भन्दै संघ कहिल्यै पनि आमनागरिकको स्वास्थ्य प्रति गैरजिम्मेवार नबन्ने समेत बताए ।

    ‘यसअघिका कोरोना कहरका बेला दाङ जिल्ला उद्योग बाणिज्य संघ मानवीय सेवामा खटिएको सबैलाई जानकारी नै छ, अक्सिजन ब्यवस्थापनका लागि संघले अभियाननै थालेको थियो,’ बुढाथोकीले भने ‘यसर्थ हामीहरु जनस्वास्थ्य प्रति गैरजिम्मेवार बनेको भन्दै आलोचना गर्ने काम पनि भयो, हामीहरुले कोरोनाको संक्रमण जोखिमलाई बेवास्ता गरेर नागरिकहरुलाई थप असुरक्षित पार्ने कुरै हुँदैन ।’ 
    बुढाथोकीका अनुसार माघ ७ गते देखि हुने भनिएको महोत्सव हाललाइ स्थगित भएको अब महोत्सव कहिले सञ्चालन गर्ने वा सञ्चालन गर्ने नगर्ने बारे केहि निर्णय नभएको बताए ।   

     


    तेस्रो आँखा