काठमाडौं, २५ पुस । नेपालमा कोरोनाको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा ११ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ८ हजार ८४८ पीसीआर तथा ३ हजार ७८४ एन्टिजेन परीक्षण गर्दा ११ सय ६७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयकाअनुसार २४ घण्टामा थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो सँगै नेपालमा हालसम्म कोरोनबाट मृत्यु हुनेको संख्या ११ हजार ६०४ पुगेको छ ।
त्यस्तै, २२४ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ६ हजार ७५५ सक्रिय संक्रमित छन् ।
