• ट्रेण्डिङ्ग :
सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन नपाइने 

सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन नपाइने 


  • 6.4K
    SHARES
    • पौष २५, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 9.9K Views

    सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन नपाइने 

    काठमाडौं, २५ पुस । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाउने निर्णय गरेको छ। 

    images

    आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी) को व्यवस्थापन समितिको बैठकले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाउने निर्णय गरेको हाे । 

    अर्को सूचना जारी नभएसम्म सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउने, मेला महोत्सव बन्दलगायतका भेला समाराेह रोक्नका लागि बैठकले गृह मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

    त्यस्तै, माघ ३ गतेदेखि सार्वजनिक स्थानहरु पार्क, फिल्म हल, रेष्टुरेन्ट र सपिङको लागि मलमा जाने व्यक्तिले अनिवार्य खोप कार्ड देखाउनुपर्ने भएको छ । सीमानाकामा कोभिड परीक्षणलाई व्यापक बढाउने, खोप लगाउन छुटेका बालबालिकालाई खोपको दायरामा ल्याउने निर्णय पनि बैठकले गरेको छ ।

    प्रमुख जिल्ला अधिकारीले जिल्लामा संक्रमणको अवस्था हेरेर स्मार्ट लकडाउन गर्न सक्ने गरी बैठकले निर्णय गरेको छ । नेपालमा काेराेना संख्या बढ्दै गएकाे छ । नेपालमा आज मात्रै ११ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 


    तेस्रो आँखा