महायज्ञको तयारी अन्तिम चरणमा

महायज्ञको तयारी अन्तिम चरणमा


  • 5.1K
    SHARES
    • माघ ११, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 7.9K Views

    महायज्ञको तयारी अन्तिम चरणमा

    सुशील बस्नेत,तुलसीपुर,११ माघ/मानव सेवा आश्रममा आश्रितहरुका  लागि निर्माण गर्न लागिएको भवन निर्माणार्थ महायज्ञको तयारी अन्तिम अबस्थामा रहेको छ । महायज्ञ मुल आयोजक समितिको आयोजनामा बिहीबार तुलसीपुरमा गरिएको पत्रकार भेटघाट कार्यक्रमबाट तयारीका बारेमा जानकारी गराईएको हो ।

    images

    तयारी मुल आयोजक समितिका सदस्य सचिव बुद्ध प्रकास सिंहले हाल सम्म गरिएको तयारीका वारेमा जानकारी गराउनुभएको थियो । तुलसीपुर स्थीत अरणीको मैदानमा पण्डाल निर्माणको तयारी अबस्थामा रहेको छ भने शोभा यात्रा माघ १३ गते बिहान ११ बजेदेखि शुरु गरिने छ । आकर्षक शोभा यात्रामा बिभिन्न भेषभुषा,संस्कृति झल्कने सहभागि हुने छन् । उक्त शोभा यात्राले बजारका बिभिन्न क्षेत्रको परिक्रम पछि महायज्ञ स्थल अरणीको मैदानमा भब्यताका साथ सहभागि हुने छ । तयारी स्वरुप भोली माघ १२ गते बिहान ७ बजे महायज्ञ स्थलमा सरसफाई गरिने छ ।

    सरसफाईका लागि नेपाली सेना,शसस्त्र प्रहरी,नेपाल प्रहरी लगायत बिभिन्न संघसंस्थाहरुको सहभागिता हुने मुल आयोजक समितिका संयोजक डिल्लीबहादुर बस्नेतले जानकारी दिनुभयो । पत्रकार भेटघाट कार्यक्रमको अध्यक्षता संयोजक डिल्लीबहादुर बस्नेतले गर्नुभएको थियो भने स्वागत मन्तब्य प्रचार प्रसार उपसमितिका सह संयोजक नारायणी रजौरेले र सहजिकरण उपसमितिका संयोजक सुशील बस्नेतले गर्नुभएको थियो । महायज्ञ सफल बनाउन बिभिन्न ३४ वटा उपसमिति गठन गरिएको छ ।


    तेस्रो आँखा