लकडाउन हुन्छ ? यसो भन्छ - स्वास्थ्य मन्त्रालय

लकडाउन हुन्छ ? यसो भन्छ - स्वास्थ्य मन्त्रालय


  • 6.5K
    SHARES
    • पौष २६, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 10.1K Views

    लकडाउन हुन्छ ? यसो भन्छ - स्वास्थ्य मन्त्रालय

    काठमाडौं । कोरोना संक्रमणको जोखिम बढेसँगै लकडाउन हुने वा नहुने भन्ने बिषयमा आम नागरिक अन्यौलमा छन् । हिँजो बसेको सिसिएमसीको बैठकले विद्यालय बन्द गर्न सरकारलाई सिफारीस गर्नुका साथै २५ जना भन्दा बढी मानिसहरु भेला हुन नपाउने गरि निर्णय गर्न सिफारीस पनि गरिसकेको छ । सिसिएमसीको यो निर्णयले लकडाउन हुने होकि भन्ने आशंका आमनागरिकलाई पर्न गएको छ ।

    images

    तर स्वास्थ्य मन्त्रालयले भने सिसिएमसीले गरेको निर्णयका बारेमा भने स्वास्थ्य मन्त्रालय आफै अन्यौलमा छ । लकडाउन गर्दा वा नगर्दा यसअघि स्वास्थ्य मन्त्रालयकै रायका आधारमा गरिँदै आएको छ । तर सिसिएमसीको बैठकले कोरोना संक्रमण बढेसँगै कडाई गर्नुपर्ने निर्णय गरिसक्दा पनि स्वास्थ्य मन्त्रालयले भने यसबारेमा कुनै धारणा बनाई नसकेको स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोख्रेलले तेस्रो आँखालाई जानकारी दिए ।

    उनले अहिले मन्त्रालयबाट सचेत रहन सूचना प्रवाह मात्रै गरिरहेको भन्दै यस भन्दा माथि मन्त्रालयले सोचि नसकेको बताए । ‘सिसिएमसीको बैठकले गरेको सिफारीसका बारेमा के गर्ने भन्नेमा मन्त्रालयले अहिले धारणा बनाइसकेको छैन,’ डा। पोख्रेलले भने ‘अहिले त हामीहरुले संक्रमणबाट जोगिनका लागि सचेतना दिने हो, त्यो काम मन्त्रालयबाट भैरहेको छ ।’

    उनले सरसफाईमा ध्यान दिनुका साथै भिडभाड नगर्न आग्रह गरिरहेको भन्दै भीडभाडमा भने कडाई हुन सक्ने बताए । ‘साबुन पानीले हात धुनुस्, भिडभाड नगर्नुस् भन्ने हो हामीहरुले, यो हामिले भनिरहेकै छौँ,’ उनले भने ‘तर भीडभाडमा कडाई गर्नु जरुरी देखिएको छ ।’


    तेस्रो आँखा