काठमाडौँ । नेपालको अग्रणी डिजिटल वलेट खल्तीले आज आफ्नो सातौँ वार्षिकोत्सव मनाइरहेको छ । २०१७ मा मोबाइल टपअप र बिल भुक्तानी जस्ता सुविधाबाट डिजिटल रूपान्तरण सुरुवात गरेको खल्तीले अहिले ईभेन्ट टिकटिङ देखि सरकारी सेवासम्मको कारोबारमा डिजिटल भुक्तानीको सेवा प्रदान गर्न सफल भएको छ।
सबै नेपालीका लागि वित्तीय समावेशीकरणको उद्देश्य लिएर अगाडि बढेको खल्तीले आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा यस यात्रामा साथ दिएका सम्पूर्ण प्रयोगकर्ता, साझेदार, नियामक निकाय, एजेन्ट, मर्चेन्ट व्यवसायी र खल्ती कर्मचारीहरूलाई आभार व्यक्त गरेको छ।
निकै कम समयमा पनि नेपालको डिजिटल कारोबारको करिब एक चौथाइ ओगट्न सफल खल्तीले दैनिक करिब ३ लाख वटा भन्दा बढी कारोबार द्वारा लाखौँ प्रयोगकर्ताहरूको जनजीवन सहज बनाइरहेको छ भने १ लाख भन्दा बढी साना तथा मझौला मर्चेन्ट व्यवसायीहरू प्रत्यक्ष रूपमा खल्तीको डिजिटल भुक्तानी सेवा बाट लाभान्वित भइरहेका छन्। आफ्नो स्थापनाको छोटो अवधिमा नै खल्तीले करिब ४० लाख भन्दा बढी प्रयोगकर्ताहरू, १ लाख, एजेन्ट, ६० हजार मर्चेन्ट, ५० बैंक तथा वित्तिय संस्था र १५००ं सहकारीको विश्वास जित्दै निरन्तर साथ पाउन सफल भएको छ।
खल्तीले हालै मात्र देशकै सबै भन्दा बढी डिजिटल भुक्तानी कारोबार गर्ने भुक्तानी सेवा प्रदायकको रूपमा पनि सम्मानित भएको छ ।
