- तेस्रो आँखा डेस्क
काठमाडौं,२६ पुस । सार्वजनक स्थानमा २५ जना भन्दा बढि नागरिक भेला हुन नदिने सरकारले निर्णय गरेको छ ।
कोरोना संक्रमणको जोखिम अत्यधि भएपछि गृहमन्त्रालयले सार्वजनिक स्थानमा २५ जना भन्दा बढी नागरिकहरुलाई भेला हुन नदिने निर्णय गरेको हो ।
सार्वजनिक स्थानमा २५ जना भन्दा बढि मानिस भेला भएको वा नभएको भनेर निगरानी गर्ने निर्णय पनि मन्त्रालयले गरेको छ । यसअघि आइतबार बसेको सिसिएमसीको बैठकले सार्वजनिक स्थानमा २५ जना भन्दा बढी भेला हुन नपाउने निर्णयका लागि सरकारलाई सिफारीस गरेको थियो ।
