शिक्षामन्त्री देवेन्द्र पौडेललाई पनि कोरोना संक्रमण

शिक्षामन्त्री देवेन्द्र पौडेललाई पनि कोरोना संक्रमण


  • 9.4K
    SHARES
    • पौष २६, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 14.5K Views

    शिक्षामन्त्री देवेन्द्र पौडेललाई पनि कोरोना संक्रमण

    काठमाडौं, २६ पुस । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई कोरोना संक्रमण भएको छ । सोमबार बिहान गरिएको पीसीआर परीक्षणका क्रममा मन्त्री पौडेललाई कोरोना पुष्टि भएको उनको सचिवालयले जनाएको छ ।   

    images

    रुघा र सामान्य खोकी लागेपछि पौडेलले पीसीआर परीक्षण गरेका थिए ।  पीसीआर परीक्षण गराउँदा कोरोना संक्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको छ। मन्त्री पौडेलले सोमबार बिहान पीसीआर परीक्षण गरेका थिए । 

    पौडेलका प्रेस संयोजक विमल खड्काका अनुसार मन्त्री पौडेलको स्वास्थ्य अवस्था सामान्य छ । यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेताहरू नारायणकाजी श्रेष्ठ, मात्रिका यादव, शक्ति बस्नेत लगायतलाई कोरोना संक्रमण भएको थियो ।

    प्रधानमन्त्री देउवाको पीसीआर भने नेगेटिभ आएको बताइएको छ ।