• ट्रेण्डिङ्ग :
उपत्यकामा १२ देखि १७ वर्षसम्मका बालबालिकालाई काेराेना विरूद्धकाे खाेप लगाइदै

उपत्यकामा १२ देखि १७ वर्षसम्मका बालबालिकालाई काेराेना विरूद्धकाे खाेप लगाइदै


  • 7.7K
    SHARES
    • पौष २७, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 11.9K Views

    उपत्यकामा १२ देखि १७ वर्षसम्मका बालबालिकालाई काेराेना विरूद्धकाे खाेप लगाइदै

    काठमाडौं, २७ पुस । कोरोनाको सम्भावित तेस्रो लहरको नियन्त्रण तथा रोकथामका लागि विद्यालय बन्द भएपछि सरकारले कोरोना विरुद्धको खोप लगाउने भएको छ। आजदेखि काठमाडौं उपत्यकाका विद्यालयमा १२ वर्षदेखि १७ वर्षसम्मका उमेर समूहका बालबालिकालाई कोरोना विरुद्धको खोप दिइने भएको छ। 

    images

    जसअनुसार पहिलो चरणमा उपत्यकाका विद्यालयमा खोप अभियान सुरु हुन लागेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौं, ललितपुर र भक्तपुरका १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई विद्यालयमा खोप लगाइने भएको हो।

    सरकारले आजबाटै लागू हुनेगरी आधारभूत र माध्यमिक तहका विद्यालय १५ माघसम्मका लागि बन्द गरिसकेको छ। 

    बालबालिकालाई फाइजर र मोडर्ना खोप लगाइने मन्त्रालयले जनाएको छ। बालबालिकाहरुलाई उमेर खुल्ने कागजात लिई तोकिएका खोप केन्द्रमा गई भीडभाड नगरी स्वास्थ्यका मापदण्ड पूरा गरी खोप लिन मन्त्रालयले आग्रह गरेको छ।


    तेस्रो आँखा