• ट्रेण्डिङ्ग :
बन्द उद्योग सञ्चालन गर्ने प्रस्ताव एक हप्ताभित्र ल्याउन उद्योग मन्त्रालयलाई प्रधानमन्त्रीको निर्देशन

बन्द उद्योग सञ्चालन गर्ने प्रस्ताव एक हप्ताभित्र ल्याउन उद्योग मन्त्रालयलाई प्रधानमन्त्रीको निर्देशन


  • 3.8K
    SHARES
    • माघ १४, २०८० आइतबार
    • २ बर्षs अघि
    • 5.9K Views

    बन्द उद्योग सञ्चालन गर्ने प्रस्ताव एक हप्ताभित्र ल्याउन उद्योग मन्त्रालयलाई प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बन्द रहेका हेटौंडा कपडा उद्योग, वीरगन्ज चिनी कारखाना, गोरखकाली रबर उद्योग लगायत उद्योगहरू सञ्चालन गर्ने विकल्पबारे छलफल गरेका छन् । 

    images

    आइतबार प्रधानमन्त्रीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग यसबारे छलफल गरेका हुन् । ‘हेटौंडा कपडा उद्योग, वीरगन्ज चिनी कारखाना, गोरखकाली रबर उद्योग लगायत उद्योगहरू फेरि सञ्चालन गर्ने विकल्पबारे गहन छलफल भएको छ । पब्लिक–प्राइभेट–पार्टनरसीप (पीपीपी) मोडेलमा ती उद्योगहरू फेरि सञ्चालन गर्ने ठोस प्रस्ताव एक हप्ताभित्र पेस गर्न मन्त्रालयलाई निर्देशित समेत गरेको छु’, प्रधानमन्त्रीले सामाजिक सञ्जालमा भनेका छन्, ‘विश्वास छ– यस प्रयासले राष्ट्रिय अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान गर्नुका साथै उत्पादन र रोजगारी सिर्जनाका क्षेत्रमा कोशेढुंगाको काम गर्नेछ ।’


    तेस्रो आँखा