काठमाडौं, २७ पुस । पछिल्लो चौविस घण्टामा नेपालमा २४ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालभर १५ हजार ३३ जनमा गरिएको परिक्षणमा २४ सय ४४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
१० हजार ६ सय ४८ जनामा पिसिआर परिक्षण गर्दा १९ सय ८१ र ४ हजार ३ सय ८५ जनामा एन्टीजेन परिक्षण गर्दा ४ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
चौबिस घण्टामा कोरोनाको कारण एक जनाको मृत्यु भएको छ भने तीन सय ३३ जना निको भएको मन्त्रालयले जनाएको छ ।
सोमबार कोरोना संक्रमीतको संख्या १४ सय ४६ थियो भने मंगलबार २७ गते बढेर २४ सय ४४ पुगेको हो।
