दाङ,१५ माघ/मावन सेवा आश्रम निर्माणार्थ तुलसीपुरमा सञ्चालन भएको महायज्ञमा आर्थिक सहयोग गर्नेहरुको संख्या बढ्दै गएको छ । महायज्ञ सञ्चालनको तेस्रो दिनसम्म आइपुग्दा व्यक्तिगत रुपमा सबैभन्दा बढि आर्थिक सहयोग गर्नेमा खड्का परिवार रहेका छन् ।
तुलसीपुर उपमहानगरपालिका –६ बस्ने गोमा खड्का उनका श्रीमान हरीबहादुर खड्का र छोरा प्रशान्त खड्काले ५ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेका छन् . तुलसीपुरमा सञ्चालन गरीएको महायज्ञको तेस्रो दिन मध्यान्ह् १२ बजे सम्म ६ लाख बढि संकलन भएको छ । सोमबार आर्थिक सहयोग गर्नेको संख्या अन्य दिनको भन्दा बढि देखिएको छ ।
तुलसीपुर निवासी टिकाराम रेग्मीले १ लाख ११ हजार १ सय ५५ रुपैया आर्थिक सहयोग गरेका छन् । यसअघि आइतबार महायज्ञमा सबैभन्दा बढी दान गर्नेमा तुलसीपुर उपमहानगरपालिका–११ जसपुर निवासी बुद्धिलाल भण्डारी रहेका छन् । उनले ५५ हजार ५५ रुपैयाँ दान गरेका थिए ।
