प्रधानमन्त्री कप : प्रदेश २ को पहिलो जित

प्रधानमन्त्री कप : प्रदेश २ को पहिलो जित


  • 5.7K
    SHARES
    • पौष २७, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 8.8K Views

    प्रधानमन्त्री कप : प्रदेश २ को पहिलो जित

    काठमाडौं, २७ पुस । गण्डकी प्रदेशलाई दुई विकेटले पराजित गर्दै प्रदेश २ ले प्रधानमन्त्री (पीएम) कप टी–२० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ ।

    images

    मुलपानी क्रिकेट मैदानमा ११७ रनको लक्ष्य पछ्याएको प्रदेश २ ले १८ ओभर एक ओभरमा आठ विकेट गुमाएर पूरा गर्‍यो । 

    सोमबार भएको आफ्नो पहिलो खेलमा प्रदेश २ बागमती प्रदेशसँग २४ रनले पराजित भएको थियो । गण्डकीको भने प्रतियोगितामा यो पहिलो खेल हो । प्रदेश २ का लागि कप्तान हासिम अन्सारीले सर्वाधिक २६ रन बनाए ।

    यस्तै, सन्तोष कार्कीले २३, हरिकृष्ण झाले १७, हरिशंकर झाले १२ र विवेक यादवले १० रन जोडे ।

    यसअघि पहिलो इनिङमा गण्डकी प्रदेशका अर्जुन कुमालले ३९ बलमा ६ चौका मद्दतमा ४१ रनको जोड्दा सन्दीप क्षेत्रीले २४ बल खेल्दै दुई चौका र एक छक्काको मद्दतमा २७ रन जोडे ।

    कप्तान विपिन खत्री र अनिल गुरुङ समान १० रन बनाएर पभेलियन फर्के । प्रदेश २ का मोहम्मद आदिल आलमले दुई तथा विकेक यादब, हरिशंकर शाह र जितेन्द्र यादवले समान एक विकेट लिएका थिए ।
     


    तेस्रो आँखा