‘हारेको छैन’ रेखाको बहुप्रतिक्षित फिल्म ‘उपहार’को शीर्षगीत

‘हारेको छैन’ रेखाको बहुप्रतिक्षित फिल्म ‘उपहार’को शीर्षगीत


  • 12.4K
    SHARES
    • माघ १८, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 19.1K Views

    ‘हारेको छैन’ रेखाको बहुप्रतिक्षित फिल्म ‘उपहार’को शीर्षगीत

    काठमाडौं । लोकप्रिय नायिका रेखा थापाको चलचित्र ‘उपहार’को शीर्षगीत “हारेको छैन” सार्वजनिक गरिएको छ । आगामी फागुन २५ गते रिलिज हुने तयारी गरिएको उपहारको शीर्षगीत “हारेको छैन’ बिहीबार युट्युवमार्फत सार्वजनिक गरिएको हो । 

    images

    प्रस्तुत गीतमा रविन भुसालको स्वर, अर्जुन पोखरेलको संगीत तथा प्रमोद ढुंगानाको शब्द रहेका छन् । कविराज गहतराजले कोरियोग्राफी गरेको यो गीत अहिलेसम्म सार्वजनिक गरिएको तेस्रो गीत हो । 

    नायिका रेखा थापा, बेनिशा हमाल, पूजा शर्मा, मुकुन भुसाल, सुष्मा कार्कीले यो गीतमा अभिनय गरेका छन् । चलचित्र उपहार सामाजिक विषयवस्तुमा आधारित रहेको नायिका रेखा थापाले बताइन् । 

    उपहारको निर्देशन ज्ञानेन्द्र देउजाले गरेका छन् भने मुकुन भुषाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, अंशु महर्जन, आशा भुुसाललगायतका कलाकारहरुको अभिनय देख्न सकिनेछ । बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको उपहारका निर्माता शुलभ प्रतिक र समीक्षा देउजा रहेका छन् ।

    रेखा फिल्मस् र कपनगढी फिल्मसको ब्यानरमा निर्मित उपहारलाई विष्णु कल्पित घिमिरले छायांकन गरेका छन् । संगीत अर्जुन पोखरेल र बाबुल गिरीको रहेको छ भने मित्र डि गुरुङले सम्पादन गरेका छन् । उपहारमा सुलक्षण भारतीको कथा, अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ ।

    चलचित्र ‘उपहार’को शीर्ष गीत

     

  • सम्बन्धित विषय:

  • # चलचित्र ‘उपहार’
  • # ‘हारेको छैन’

  • तेस्रो आँखा