काठमाडौं, २८ पुस । नेपालमा कोरोना संक्रमण दिनप्रतिदिन बढी रहेको छ। आज एकै दिन तीन हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देखिएको कोरोना संक्रमण तेस्राे चरणकाे सबैभन्दा बढी हो । नेपालभर जम्मा १३ हजार ३६ जनामा कोरोना परिक्षण गरिएको थियो । जसमा तीन हजार ७५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
९ हजार ५१ पिसिआर परिक्षण गर्दा २ हजार ४ सय ४८ जनामा र ३ हजार ९ सय ८५ एन्टीजेन परिक्षण गर्दा ६ सय २७ जनामा संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा २७८ जना निको भएका छन् भने कोरोनाका कारण दुई जनाको मृत्युु भएको मन्त्रालयले जनाएको छ । यसअघि मंगलबार २४ सय ४४ जनामा काेराेना संक्रमण देखिएकाे थियाे भने साेमबार १४ सय ४६ जनामा संक्रमण देखिएकाे थियाे ।
