मेला महोत्सव बन्द गर्न आदेश दिएका सीडीओ नै महोत्सवमा 

मेला महोत्सव बन्द गर्न आदेश दिएका सीडीओ नै महोत्सवमा 


  • 6.6K
    SHARES
    • पौष २८, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 10.1K Views

    मेला महोत्सव बन्द गर्न आदेश दिएका सीडीओ नै महोत्सवमा 

    काठमाडौं, २८ पुस । नेपालमा कोरोना संक्रमण दर दिनप्रतिदिन बढ्दै छ । कोरोना भइरस संक्रमणको जोखिम बढेको भन्दै स्वास्थ्य प्रोटोकल बनाइदैछन् । सभा, सम्मेलन गर्न नपाइने, सार्वजनिक स्थलमा अनिवार्य मास्कको प्रयोग गर्ने जस्ता स्वास्थ्य मापदण्डहरु बनाइएका छन् ।

    images

    सरकारले स्वास्थ्य प्रोटोकल जारी गर्दै जिल्ला अधिकारीहरुलाई त्यसको अन्तिम निर्णय गर्ने अधिकार दिएको छ । विभिन्न राजनीतिक दलहरुले पनि स्वास्थ्यका मापदण्डहरु पालना गर्न आह्वान गरि नै रहेका छन् तर उनीहरु नै धमाधम स्वास्थ्य मापदण्ड उलङ्घन गर्न तत्पर देखिन्छन् ।

    ती मध्यका एक हुन चितवनका जिल्ला प्रमुख (सिडिओ) अस्मान तामाङ । मेला, महोत्सव बन्द गर्न आदेश दिएका थिए । तर उनी नै आज चितवन जिल्लामा भएको चितवन महोत्सव घुम्न पुगे । तामाङले पुस २६ गतेको सर्वदलीय सर्वपक्षीय बैठकले जिल्लामा सञ्चालन भएका र सञ्चालन तयारीमा रहेको सबै मेला महोत्सव बन्द गर्ने निर्णय गरेका थिए । चितवन महोत्सव सञ्चालन भइसकेकाले दुई दिन व्यवस्थापनको काम गर्न दिएर अरु सबै महोत्सव रोकिएको थियो ।

    बैठकको निर्णयअनुसार सीडीओ अस्मान तामाङले रत्ननगर महोत्सव, खिचरा महोत्सव र देवघाटमा लाग्ने माघे संक्रान्तिको मेला नगर्न विज्ञप्तिमार्फत आदेश दिएका थिए । चितवन महोत्सव ४ माघसम्म सञ्चालन हुने पूर्व निर्धारित कार्यक्रम थियो ।

    सिडियो तामाङ मात्र होइन भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाल, उपप्रमुख पार्वती शाह, चितवनका प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीसहित महोत्सवमा पुगे ।  

    cdo-mahotsav-ma (1).jpg

    कोरोनाको तेस्रो लहर सुरू भएपछि सरकारले जोखिम नियन्त्रण गर्न सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेलामा रोक समेत लगाएको छ । १५ माघसम्म जिल्लाका विद्यालयहरू समेत बन्द गर्ने निर्णय कार्यान्वयन भइसकेको छ ।

    मेला महोत्सव बन्द गर्न आदेश दिएर आफै महोत्सव घुम्न पुगेपछि सीडीओ तामाङको आलोचना भएको छ । विद्यालय बन्द गर्न हतार गर्ने प्रशासन महोत्सव सञ्चालनमा लचक देखिएको स्थानीयको आरोप छ । यति मात्रै नभएर सीडीओ, एसपी र जनप्रतिनिधि नै संक्रमण फैलाउन सक्रिय देखिएको उनीहरूको आरोप छ । 

    बुधबार मात्रै पनि चितवनमा ८१ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ । मंगलबार ४७ जना संक्रमित थपिएका थिए । बुधबार जिल्लामा सक्रिय संक्रमितको संख्या दुई सय ४० पुगेको छ । १० दिनअघि जिल्लामा ७६ जना सक्रिय संक्रमित थिए । 

    तस्बिर : थिरप्रसाद धितालको फेसबुकबाट
     


    तेस्रो आँखा