काठमाडौं, २८ पुस । कोरोना भाइरस विश्व आक्रान्त भइरहेको छ । कोरोनाका विभिन्न भेरिएन्ट देखा परिरहेका बेला तेस्रो लहरसम्म आइपुग्दा सम्म ओमिक्रोनको त्रासमा विश्व जगत छ । नेपालमा पनि ओमिक्रोन भाइरस देखा परिसकेको छ । हालसम्म २४ जनामा ओमिक्रोन पुष्टि भएको छ । कोरोनाको तेस्रो लहरको हल्ला चलिरहेका बेला आज मात्रै ३ हजार ७५ जनामा कोरोना संक्रमण देखा परेको छ । कोरोना भाइसरबाट बच्नका लागि सरकारले स्वास्थ्य मापदण्ड निर्माण गरिसकेको छ । कोरोनाको को नयाँ भेरिएन्ट ओमिक्रोन के हो, लक्षण कस्ता हुन्छन् र कसरी बच्ने उपायबारे जान्न यतिबेला सबैमा उत्सुकता जागेको छ । ओमिक्रोनका बारेमा स्वास्थ्य मान्त्रालयको कोभिड ( १९ को नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता डा. संगिता मिश्राले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा नेपाल स्वास्थ्य अनुसन्धान परिषदमा आबद्ध रहेका संक्रामक रोग विशेषज्ञ डा. जनक कोइरालासँग ओमिक्रोन भेरिएन्टको विषयमा गरिएको कुराकानी।
अहिले पछिल्लो समय कोरोना संक्रमणको संख्या किन बढिरहेको छ र यो कति सम्म बढेर जान सक्छ ?
हामीले कोरोनाको लहरलाई भोगेर आइसकेको छौं । ती लहरहरुले धेरैलाई असर गर्यो । विश्वका अन्य देशहरुमा ओमिक्रोन भेरिएन्ट द्रुत गतिमा फैलिएर गएको छ र हाम्रो छिमेकी देश भारतमा पनि यो निकै फैलिएको अवस्थामा छ । नेपालमा पनि कोरोना संक्रमणको दर पछिल्लो केहि दिन देखि यता बढिरहेको छ र ओमिक्रोन पनि देखिएको छ । अरु देशसँग आवताजावत भएको कारणले हामी पनि यसबाट बच्न गाह्रो छ । नेपालमा ओमिक्रोन भेरिएन्ट नै बढेर गएको जस्तो देखिन्छ । यसले विकराल रुप नलेला तर हामीले ख्याल गरेनौं भने यसबाट हामी धेरैनै प्रभावित हुन्छौं । भ्याक्सिन लगायौं र स्वास्थ्य मापदण्डको पालना गर्यौ भने हामी यसबाट कम प्रभावित हुन सक्छौं । यदि स्वास्थ्य मापदण्ड पालना गरेनौं भने पहिलेको भन्दा डरलाग्दो स्थिति उत्पन्न हुन सक्छ ।
कोभिड संक्रमितहरुको संख्या बढ्दै जाँदा तेस्रो लहरको बहस सुनिदै गएको छ ।
यो तेस्रो लहर भनेको के हो ? र यो कसरी पहिचान गर्ने ?
पहिलो लहर, दोस्रो लहर भनेको पहिले बढेर जान्छ, फेरि घटेर जान्छ,फेरि बढेर जान्छ, पुन : घटेर जान्छ । अब यो तेस्रो लहर हो कि होइन भन्ने यो सकिएपछि थाहा हुन्छ । अहिले अन्दाज गर्ने हो भने केहि दिन यता संक्रमण बढेर गएको हेर्दा तेस्रो लहर सुरु भएको हो की भन्ने अनुमान गर्न सकिन्छ तर पक्का त पछि मात्र गर्न सकिन्छ ।
कोभिडको अन्य भेरिएन्टको तुलनामा हालको भेरिएन्टको संक्रमण कसरि हुन्छ र यसका लक्षणहरु के कस्ता प्रकारका छन् ? र यो ओमीक्रोन भेरिएन्टले स्वास्थ्यमा कस्ता जटिलता निम्त्याउछ ?
अहिले सम्मको ‘रिसर्च’ लाई हेर्दा ओमिक्रोन भेरिएन्ट अरुको तुलनामा फोक्सो भन्दा पनि माथिल्लो प्रणालीलाई बढि असर गर्ने गर्छ । पहिलेको डेल्टाले सिधै निमोनिया गराउँथ्यो भने यसले रुघाखोकी बढि लाग्ने गराउँछ । यसको पनि लक्षणहरु तीनै हुन् जस्तो किः
२. खोकी लाग्नु
३. ज्वरो आउनु
४. जीउ दुख्नु
५. टाउको दुख्नु आदि ।
एउटा तथ्यांङक अनुसार जसले भ्याक्सिन लगाएको छ, लगाएको तुलनामा नलगाएकोलाई दश गुणा बढी संक्रमण सम्भावना रहन्छ । त्यस्तै भ्याक्सिन लगाएका मानिसहरुको तुलनामा नलागाएकाहरुको अस्पताल भर्ना हुनु पर्ने सम्भावना १७ प्रतिशत बढि छ र मृत्यु हुने सम्भावना २० प्रतिशत बढि हुन्छ । भ्याक्सिनले एक बाट अर्कामा सर्ने सम्भावना कम हुन्छ ।
कोरोनाको ओमिक्रोन भेरिएन्ट बाट बँच्ने उपाएहरु के के हुन?
१ .कोभिड–१९ का अन्य भेरियन्ट जस्तै यसबाट बच्न पनि मास्कको सहि प्रयोग गर्ने
२. भौतिक दुरि कायमा राख्न
३. साबुन पानिले हात धोइरहने
४. कोभिड विरुद्धको खोप लगाउने
५. भिडभानडमा नजाने र भिडभाड नगर्ने
