सबै सुरक्षित नभएसम्म कोही पनि सुरक्षित छैनौं : प्रा.डा. अधिकारी

सबै सुरक्षित नभएसम्म कोही पनि सुरक्षित छैनौं : प्रा.डा. अधिकारी


  • 6.9K
    SHARES
    • पौष २९, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 10.6K Views

    सबै सुरक्षित नभएसम्म कोही पनि सुरक्षित छैनौं : प्रा.डा. अधिकारी

    काठमाडौं, २९ पुस ।  राष्ट्रिय खोप सल्लाहकार समितिका अध्यक्ष प्रा.डा. उमाकान्त अधिकारीले सबै सुरक्षित नभएसम्म कोही पनि सुरक्षित नभएको बताएका छन्। स्वास्थ्य मन्त्रालयद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले खोप लगाएका र नलगाएका सबैले आत्म सुरक्षा अपनाउनु पर्ने बताएका हुन्। 

    images

    ‘हामीले के सम्झनु पर्छ भने सबै जना सुरक्षित नभएसम्म हामी कोही पनि सुरक्षित छैनौं।’ उनले भने, ‘मैले त तीन वटा खोप लाएको छु म त सुरक्षित छु भनेर कसैले पनि नसोचे हुन्छ, तपाई सुरक्षित हुनुहुन्छ तर तपाईको वरपर अरु संक्रमित हुनुहुन्छ भने तपाइलाई पनि त्यो रोग लाग्न सक्छ।’

    पूर्ण खोप लगाएका व्यक्तिहरुले पनि स्वास्थ्य सुरक्षाका मापदण्ड प्रयोग नगर्नाले रोग लागेको स्मरण गराउँदै अधिकारीले सबैलाई सुरक्षित गर्न तर्फ लाग्नु पर्ने बताएका हुन्। उनले भने, ‘आफूले बढी भन्दा बढी खोप लगाउन तर्फ लाग्नु भन्दा पनि आफ्ना मित्रगण साथीभाइलाई पनि खोप लगाउन प्रोत्साहन गर्न तर्फ ध्यान दिनु पर्छ।’
      
    खोपले मात्र सबैलाई सुरक्षित पार्नसक्ने भन्दै डा. अधिकारीले खोप कार्यक्रम कहाँ चलिरहेको छ, कहिले चलिरिहेको छ भन्ने बुझेर बेलैमा खोप लगाएमात्र सबै सुरक्षित हुने बताए। उनले भने, ‘यो खोप सुरक्षित छ यो खोप तपाई, तपाईको परिवारले सबैले लगाए भने मात्र हामी सबै सुरक्षित रहन सक्छौं।’ 

    अधिकारीले स्वास्थ्य मापदण्ड पालना गर्न र सुरक्षित रहन पनि आग्रह गरे।    

  • सम्बन्धित विषय:

  • # काेराेना
  • # ओमिक्राेन

  • तेस्रो आँखा