अस्ट्रेलियामा कोभिडः दुई सातामा १० लाख संक्रमित

अस्ट्रेलियामा कोभिडः दुई सातामा १० लाख संक्रमित


  • 4.9K
    SHARES
    • पौष २९, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 7.6K Views

    अस्ट्रेलियामा कोभिडः दुई सातामा १० लाख संक्रमित

    एजेन्सी, २९ पुस । अस्ट्रेलियाका कोभिड संक्रमितको संख्या दिनप्रति दिन बढी रहेको छ। कोभिडको नयाँ भेरियन्ट देखिएसँगै संक्रमितको संख्या पनि दैनिक बढिरहेको छ।

    images

    विहीबार एकै दिन एक लाख ४७ हजारमा कोभिड देखिएको छ। यो संख्या अस्ट्रेलियाका कोभिड देखिएपछिको अहिलेसम्मकै उच्च हो। 

    संक्रमितमध्ये ९२ हजार जना न्यु साउद वेल्स (एनएसडब्लू) का छन्। पछिल्लो दुई सातामा अस्ट्रेलियामा १० लाख जनामा संक्रमण देखिएको छ। महामारी फैलिएपछि अहिलेसम्म १४ लाख जनामा संक्रमण देखिएको छ । 

    अस्ट्रेलियामा पछिल्ले कोभिड लहरमा ५३ जनाको मृत्यु भइसकेको छ। तीमध्ये २२ जना एनएसडब्लूका छन्। ओमिक्रोन वेभको समयमा मृत्यु दर यसअघिको महामारीमा भन्दा न्यून रहेको जनाइएको छ ।
     

  • सम्बन्धित विषय:

  • # कोभिड
  • # अस्ट्रेलिया

  • तेस्रो आँखा