एपिएफलाई हराउँदै हेल्प नेपाल दोस्रो स्थानमा उक्लियो

एपिएफलाई हराउँदै हेल्प नेपाल दोस्रो स्थानमा उक्लियो


  • 5.4K
    SHARES
    • पौष २९, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 8.3K Views

    एपिएफलाई हराउँदै हेल्प नेपाल दोस्रो स्थानमा उक्लियो

    काठमाडौं, २९ पुस । एपिएफलाई हराउँदै हेल्प नेपाल तालिकाको दोस्रो स्थानमा उक्लेको छ ।

    images

    पोखरामा जारी दोस्रो संस्करणको टाइगरकप महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फको खेलमा हेल्प नेपालले एपीएफ क्लबलाई ३-१ को अन्तरमा हराएको हो।

    बिहिबार भएको खेलमा हेल्प नेपालले पहिलो सेट २५-२३ ले गुमाए पनि दोस्रो, तेस्रो र चौथो सेट क्रमशः २५-२०, २५-१५ र २५-१९ ले जित्दै खेल आफ्नो पक्षमा पारेको हो । यो हेल्प नेपालको दोस्रो जीत हो।  

    यो जित सँगै हेल्प नेपाल ७ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लेको छ भने अंक विहीन एपीएफ प्रतियोगिताबाट बाहिरिएको छ। जारी प्रतियोगितामा पुरुषतर्फ पाँच र महिला तर्फ पाँच गरि दश टोलिको सहभागिता रहेको छ।
     

  • सम्बन्धित विषय:

  • # एपिएफ
  • # हेल्प नेपाल

  • तेस्रो आँखा