बुलेटप्रुफ गाडी चढ्छन् बलिउड सेलिब्रेटीहरु

बुलेटप्रुफ गाडी चढ्छन् बलिउड सेलिब्रेटीहरु


  • 8.0K
    SHARES
    • पौष ३०, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 12.3K Views

    बुलेटप्रुफ गाडी चढ्छन् बलिउड सेलिब्रेटीहरु

    काठमाडौं, ३० पुस । बलिउडका सेलिब्रेटीहरू आफ्नो व्यावसायिक कामबाहेक बिलासी जीवन बिताउन उतिकै चर्चित छन् । उनीहरू लक्जरी गाडीमा सवार हुन मन पराउँछन् । बलिउडका केही कलाकारसँग त बुलेटप्रुफ गाडी नै छ ।

    images

    अभिनेता आमीर खान

    अभिनेता आमीर खानसँग मर्सिडिज एस ६०० गार्ड नामको बुलेटप्रुफ कार छ । 

    अभिनेत्री कंगना रनावत

    बलिउडकी बोल्ड अभिनेत्रीमध्ये एक कंगना रनावतसँग बीएमडब्ल्यू ७ सिरिज गार्ड कार छ । जुन आफैंमा बुलेटप्रुफ हो ।

    ग्लोबल स्टार प्रियंका चोपडा

    ग्लोबल स्टार प्रियंका चोपडासँग रोल्स रोयस फेन्टम छ । जुन बुलेटप्रुफ हो । उनी भारत आएको बखत यही गाडीमा यात्रा गर्छिन् । बलिउडका किंग खान शाहरूख खानसँग कैयौं बिलासी गाडी छन् । तीमध्ये उनीसँग मर्सिडिज–बेञ्ज एस ६०० गार्ड बुलेटप्रुफ कार छ ।

    अभिनेता तथा राजनीतिज्ञ सनी देओल

    अभिनेता तथा राजनीतिज्ञ सनी देओलसँग ओडी एड र रेञ्ज रोवर अटोबायोग्राफी जस्ता कैयौं बिलासी गाडी छन् । जबकि उनलाई मनपर्ने गाडी ओडी हो, किनकी यो बुलेटप्रुफ छ ।

    हेण्डसम हंक ऋतिक रोशन

    बलिउडका हेण्डसम हंक ऋतिक रोशन मर्सिडिज बेञ्ज बी क्लास गाडी छ । जुन बुलेटप्रुफ हो ।
     


    तेस्रो आँखा