• ट्रेण्डिङ्ग :
तुलसीपुर महोत्सवमा आज गायक पुस्कल शर्मा आउँदै

तुलसीपुर महोत्सवमा आज गायक पुस्कल शर्मा आउँदै


  • 4.7K
    SHARES
    • माघ २६, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 7.3K Views

    तुलसीपुर महोत्सवमा आज गायक पुस्कल शर्मा आउँदै

    तुलसीपुर२६ माघ/तुलसीपुर महोत्सवमा आज चर्चित लोक गायक पुस्कल शर्मा आउँदैछन् । बुधबारदेखि शुरु भएको महोत्सवमा शुक्रबार  चर्चित गायक शर्मासहित राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहने महोत्सव मूल आयोजक समितिले जनाएको छ ।

    images

    आज कार्यक्रममा चर्चित गायिका सम्झना रनपाल, गायक बिष्णु सिङजाली, गायक एकराज भण्डारीसहित तुलसीपुर डान्स आइडल, लोकदोहोरी प्रतियोगिताका साथै स्थानीय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ । 

    तुलसीपुर-६ को खुल्ला मैदानमा संचालित महोत्सव फागुन ८ गतेसम्म संचालन हुने महोत्सव मूल आयोजक समितिका संयोजक रामप्रसाद चालिसेले बताए । स्थानीय वस्तुको बजारीकरणका लागि संचालित महोत्सवबाट संकलित रकमलाई सामाजिक काममा लगाउने आयोजकले दावि गरेको छ ।


    तेस्रो आँखा