शानको 'नशा' सार्वजनिक (भिडियोसहित)

शानको 'नशा' सार्वजनिक (भिडियोसहित)


  • 5.3K
    SHARES
    • माघ २, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 8.2K Views

    शानको 'नशा' सार्वजनिक (भिडियोसहित)

    काठमाडौं, २ माघ । हेर्दा कुनै अंग्रेजी फिचर फिल्मको दृश्य झैं देखिने, कलाकारहरु पनि विदेशी नै । तर, यो कुनै विदेशी फिल्मको दृश्य नभई नेपाली गीतको म्युजिक भिडियो को हो । 

    images

    गायक तथा संगीतकार शान भुसालको 'नशा' बोलको गीत सार्वजनिक भएको छ। हाल अमेरिकामा रहेका गायक भुसालको सो गीत लुसेन्ट फिल्मको ब्यानरमा बनेको गीतमा भुसालको शब्द संगीत रहेको छ भने स्वर भारतीय गायक अनुग्रह विष्टको रहेको छ ।

    सनीरको ब्याकराउण्ड म्युजिक रहेको उक्त म्युजिक भिडियोको निर्देशन विकास बराइलीले गर्नु भएको हो। भिडियो अमेरिकास्थित टेक्ससको डालस, हिक्कोमा सुटिङ भएको भुसालले जानकारी दिए । 

    म्यूजिक भिडियोलाई गायक भुसालले आफ्नै युट्युब च्यानलबाट रिलिज गरेका छन् । गीतमा अमेरिकी रंग एवं सिने अभिनेता जोर्ज आटेरो, एलेक्जेन्ड्रिया पास्कुसी, कलाकारहरु दिपेश आचार्य अंकित शर्मा आदीको अभिनय रहेको छ ।

    गीतको अडियो रेकर्डिङ मुम्बइ स्थित बि.बि.जे. स्टुडियोमा रेकर्ड भएको हो भने वाद्यवादन र मिक्सिङ काठमाण्डौको गुञ्जन रेकर्डिङमा कृष्णकुमार महर्जनले गरेका हुन् ।


    तेस्रो आँखा