रवीन्द्र मिश्रलाई कोरोना संक्रमण

रवीन्द्र मिश्रलाई कोरोना संक्रमण


  • 6.9K
    SHARES
    • माघ २, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 10.6K Views

    रवीन्द्र मिश्रलाई कोरोना संक्रमण

    काठमाडौं, २ माघ । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई कोरोना संक्रमण भएको छ । आइतबार दिउँसो सामाजिक सञ्जालमार्फत मिश्रले आफूलाई पनि कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । 

    images

    उनले बाहिर हेर्दा उस्तै, भित्रभित्रै कोरोना भाइरस १ भन्दै अस्पतालमा परीक्षणपछि घर आएर सुरक्षित रूपमा बसेको र अहिले सबै सामान्य रहेको उल्लेख गरेका छन् ।

    ‘म पनि कोभिड पोजेटिभ देखिएको छु। गत केही दिनमा मेरो नजिकको सम्पर्कमा आउनुभएका साथी शुभेच्छुकलाई सावधानी अपनाउन र आवश्यक देखिए परिक्षण गर्न विनम्र आग्रह गर्दछु। अस्पतालमा परिक्षणपछि घर आएर सुरक्षितरुपमा बसेको छु। अहिले सबै ठिकै छ,’ मिश्रले लेखेका छन् ।

    मिश्र केही दिनदेखि पार्टीका विभिन्न गतिविधिमा सक्रिय थिए । उनले केही दिनदेखि मिडियामा अन्तर्वार्ता दिँदै आएका थिए ।

  • सम्बन्धित विषय:

  • # कोरोना संक्रमण
  • # रवीन्द्र मिश्र

  • तेस्रो आँखा